+

एनएसएल २०२५ का लागि काठमाडौंले रिटेन गर्‍यो तीन खेलाडी

२०८१ फागुन  ८ गते २२:२३ २०८१ फागुन ८ गते २२:२३
एनएसएल २०२५ का लागि काठमाडौंले रिटेन गर्‍यो तीन खेलाडी

८ फागुन, काठमाडौं । पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि तीन खेलाडी रिटेन गरेको छ ।

काठमाडौंले डिफेण्डर कुलदिप कार्की, मिडफिल्डर दिपेश गुरुङ र गोलकिपर अभिषेक बराललाई अक्सनअघि रिटेन गरेको हो । तेस्रो सिजनको लागि ३ खेलाडी सम्म रिटेन गर्न पाइने प्रावधान छ भने त्यसमा क्याटेगोरी ए को एक खेलाडी अनिवार्य हुनुपर्नेछ ।

एनएसएलको तेस्रो सिजनको लागि अक्सन यही फागुन १० गते शनिवार हुँदैछ । तयसअघि सहभागि टिमहरुले खेलाडी रिटेन गर्ने, मार्की प्लेअर घोषणा गर्ने र प्रशिक्षक नियुक्त गर्ने क्रम जारी छ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने एनएसएलको तेस्रो संस्करण चैत १६ देखि सुरु हुने तालिका छ । तेस्रो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौं रेजर्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय