+
+
Shares
कर्पोरेट अन्तर्वार्ता :

‘एआई फिचरको उच्चतम प्रयोग गर्न सामसङ एस २५ सिरिज उपयुक्त’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १३:०२

प्रविधिको उच्चतम प्रयोग भएको ‘सामसङ एस २५ सिरिज’ नेपाली बजार आएको छ । यसअघि नेपालमा सामसङ एस २४ सिरिज पनि धेरै रुचाइएको फोन थियो । एआई फिचरको उच्च प्रविधि भएको यो फोन नेपाली बजारमा अहिले अधिकतम माग भएको फोन हो ।

यसै सन्दर्भमा सामसङ एस २५ सिरिज फोनप्रति ग्राहकको रुचि, बजार अवस्था, प्रतिस्पर्धा लगायत विषयमा केन्द्रित रहेर सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितसँग अनलाइनखबरले गरेको कुराकानी :

विश्वव्यापी स्मार्टफोन बजारमा सामसङ लिडर नै भएको छ । नेपालमा सामसङ एस २५ सिरिज आएको छ । यसले नेपाली बजार कसरी लिने देखिन्छ ?

नेपालको कुरा गर्दा सामसङ स्मार्टफोन सेग्मेन्टमा नम्बर वान कम्पनी रहिआएकै छ । ग्लोबल्ली पनि स्मार्टफोन एक नम्बर नै हो । सामसङ नेपालमा १५ हजार रुपैयाँदेखि अहिलेसम्म उच्च प्रविधिको फोनसमेत रहेको छ । हामीले ग्रास रुटदेखि ग्राहकको आवश्यकता र क्षमता अनुसार सबै तहको फोन बजार ल्याएका छौं ।

कसैलाई फोन मात्रै गर्न, कसैलाई क्यामेरा, कसैलाई ठूलो स्क्रिन, कसैलाई एआई जडित उच्च स्तरको  फोन चाहिएला, त्यो सबै मध्यनजर गरेर हामीले भिन्न–भिन्न सेग्मेन्टको फोन ल्याएका छौं ।

हामीले गत वर्षदेखि ‘सामसङ इन्स्टा फाइनान्स’ भन्ने  स्किम ल्याएका छौं । ग्राहकले ८ सय भन्दा बढी आउलेटबाट किस्तामा फोन लिन सक्छन् ।

फेरि, यो लोन एकदम सजिलो छ, ६० प्रतिशत सम्म लोन अन द स्पट पाइन्छ । यो साधारण नागरिकताका भरमा पाइन्छ । यसले गर्दा ग्राहक अपडेट भइरहेका छन् । जसले  ग्राहक अलि धेरै प्रिमियमतिर गइरहेको देखिन्छ ।

प्रिमियम मार्केटमा सामसङ एस २५ लाई नेपालको सन्दर्भमा कसरी हेरिएको छ ? नेपालको बजार योजना के हो

प्रिमियम सेग्मेन्ट नेपालमा एकदम बढ्दो क्रममा रहेको छ । प्रिमियम सेग्मेन्ट फास्ट ग्रोइङ सेग्मेन्ट नै हो । सामसङसँगै अन्य ब्रान्ड पनि छन् तर हाम्रो आफ्नै कस्टमर अपग्रेड भएर प्रिमियममा गइरहेका छन् । यस्तै हामीले ईएमआईको व्यवस्था पनि गरेका छौं । हाम्रोमा दुई वटा प्रिमियम मोबाइल छन् । एस सिरिज रहेको छ ।

त्यसबाहेक हाम्रो फोल्डेबल फोन पनि छ । जि फोल्ड ६, जि फ्लिप्स ६ मोडेल छन् । त्यो गत वर्ष लन्च गरेका थियौं ।

यी दुवै फरक–फरक सेग्मेन्टका फोन हुन्, यिनीहरूका ग्राहक पनि त्यस्तै खालका हुन्छन् । नेपालमा एस सिरिज नै बढी बिक्री भएको छ । यो तीन कुरामा बढी फोकस छ, पहिलो कुरा यो एआई फोन नै हो ।

यसमा बेस्ट सट भन्ने पनि हुन्छ, जसले गर्दा फोटोको मोसन अनुसार आफैं  एडिटिङ हुन्छ । जस्तै, ग्रुप फोटो खिच्दा कसैको आँखा चिम्म छ भने मिलाइदिने, मुख बन्द गर्ने वा खोल्ने जस्ता एडिटिङको काम गर्छ ।

फोनमा एआई प्रयोग र विशेषता चाहिँ के हुन् ?

एआई फोन एस २४ सिरिजबाट भएको थियो जुन अत्यधिक रुचाइएको थियो । त्यसकै अपडेट भर्सन नै एस २५ हो । यसलाई ट्रु एआई कम्प्यानियन भन्न सकिन्छ ।  यसले कमान्डका भरमा काम गर्छ । एआई यसको मुख्य विशेषता हो भने दोस्रोमा इन्हान्स पर्फर्मेन्स र ड्युराबिलिटीको कुरा हो ।  यसको मुटु भनेको प्रोसेसर हो ।

यसमा ‘स्न्याप ड्रागन एट एलिट’ भन्ने सबैभन्दा फास्ट प्रोसेसर हो । यसमा हार्डवेयर टाइटानियमको फ्रेम रहेको हुन्छ । यस्तै गोरिल्ला आर्मो २ ग्लास प्रयोग भएको छ । यो सबैभन्दा हार्डेस्ट ग्लास हो ।

यसमा आईपी रेटिङ रहेको छ जसले गर्दा पानी र धुलोरहित बनाउँछ ।  सफ्टवेयरको कुरा गर्दा ७ वर्षसम्म नियमित अपडेट र सुरक्षाका अपडेट गरिरन्छन् । यसले गर्दा लामो समयसम्म फोनमा लगानी गर्नुपर्दैन ।

यसको अर्को मुख्य विशेषता भनेको क्यामराको हो । ग्यालेक्सी एस २५ को क्यामराले एआई प्रविधि प्रयोग गरेर फोटोलाई राम्रो बनाउँछ । यसले बाहिरका प्रकाश, रङ र वस्तुको प्रकारलाई पहिचान गरेर उत्तम सेटिङ आफैं बनाउँछ ।

यस्तै यसले प्रकृति, पोट्र्रेट, खाना, राति लगायत  दृश्य हेरेर क्यामरा सेटिङलाई मिलाउँछ । ग्यालेक्सी एस २५ सिरिजमा ५० एमपी मुख्य क्यामरा हुन्छ । १२ एमपी को अल्ट्रा–वाइड क्यामेरा हुन्छ ।

यसमा बेस्ट सट भन्ने पनि हुन्छ, जसले गर्दा फोटोको मोसन अनुसार आफैं एडिटिङ हुन्छ । जस्तै, ग्रुप फोटो खिच्दा कसैको आँखा चिम्म छ भने मिलाइदिने, मुख बन्द गर्ने वा खोल्ने जस्ता एडिटिङको काम गर्छ ।

यस्तै यसले अडियो इरेजको काम पनि गर्छ  । कुनै व्यक्तिसँग वा विषय रेकर्डिङ गरिरहँदा बाहिरको अनावश्यक आवाज आइरहेको छ भने यसले एआईमार्फत आफैं इडिट गर्छ । यसले ६ किसिमको आवाज छुट्याएर डिस्टर्ब गर्ने हटाउँछ ।

 सामसङकै २४ सिरिज वा अन्य प्रिमियम फोनभन्दा यसमा के भिन्नता छ ?

यसले चाहिँ एआई फोनमा नयाँ स्ट्यान्डर्ड सेट गरेको छ । यसलाई चाहिँ हामीले मोबाइल फोनको अध्याय नै भन्न मिल्छ । किनभने, मोबाइलको हार्डवेयरमा एक लेभलको अनुसन्धान भइसकेको छ, अब आउने मोबाइल भनेको एआई प्रविधिसँग जोडेर मानिसको जीवनशैली कसरी सरल बनाउने भन्ने हो ।

यो फोन अहिले संसारमा आएको सबैभन्दा उच्च प्रविधिको एआई फोन हो । अन्य फोनको तुलनामा यसको टिकाउपन र क्यामरा धेरै स्तरमाथि छ ।

यसमा अन्य एआई फिचर केके छन् ?

यसमा नाउ ब्रिफ र नाउ बार भन्ने फिचर हुन्छ । जसले फोन चलाउनेलाई दिनभरिका महत्त्वपूर्ण जानकारी दिन्छ । यसले ग्राहकको बानी, प्राथमिकता, सेड्युल, क्यालेन्डर इभेन्ट र मौसम सम्बन्धी जानकारी देखाउँछ । यस्तै आफ्नो क्षेत्रको महत्त्वपूर्ण समाचार, सूचना र अपडेट स्वतः संकलन गर्दछ ।

यस्तै उपयोगकर्ताको बानी हेरेर संगीत वा गेम सिफारिस गर्छ । जस्तै, तपाईं नियमित अफिस जानुहुन्छ भने यसले सोही समयमा अलर्ट गराउँछ ।

त्योबाहेक यसले तपाईंका गतिविधि विश्लेषण गरेर सेटिङ मिलाउँछ । यसले ब्याट्री सेभ मोड, डार्क मोड वा नोटिफिकेसन म्यानेज गर्छ ।

 सिमलेस एक्सन एक्रस द एप्सभन्ने फिचरले के गर्छ ?

सिमलेस एक्सन एक्रस द एप्स चाहिँ कस्तो हुन्छ भने आफूलाई जान्न मन लागेको विषय आफैंले सोद्धा यसले खोजेर भन्छ । मानौं, ‘तपाईंलाई बार्सिलोना र रियल म्याड्रिडको खेल हेर्न मन छ, तर कहाँ, कहिले हेर्ने थाहा छैन । ग्यालेक्सी एस २५ सिरिजमा सबै यसको उत्तर हुन्छ ।

यसले खेलबारे सबै जानकारी दिन्छ, यसले आफ्नो साथीलाई खेलबारे मेसेज पनि दिन्छ । सामसङको गुगल एआईसँगको समन्वयमा काम हुने हो । यसले गर्दा मानिसको जीवनशैली नै सहज बनाउँछ ।

यसमा अर्को ‘सर्कल टु सर्च’ भन्ने पनि हुन्छ । जस्तै, कुनै किताबको फोटो देख्नुभयो, तर त्यो किताब कहाँ पाउँछ, कति पर्छ, कस्तो पर्छ भन्ने थाहा छैन भने स्क्रिनमा रहेको  बटनमा लङ प्रेस गरेर फोटोमा गोलो लगाए पछि एआईले नै किताबको बारेमा सबै जानकारी दिन्छ । यो २४ सिरिजमा पनि थियो । यसमा किताब अर्डर गर्न एआईले नै फोन नम्बर, इमेल समेत खोजिदिन्छ । यो एकदम रुचाइएको एआईको बेस्ट फिचर हो । यसलाई  एआई प्रविधिको अहिलेसम्मको उच्चतम प्रविधि नै हो ।

बिक्रीपछिको सुविधा के छ ?

यो आफैंमा सुरक्षित फोन हो । तर, यसमा त्योबाहेक पनि एक वर्षलाई एकपटक सिसा फुटेमा चाहिँ बीमाले कभर हुन्छ । प्रि–बुकिङ र क्वेइरी त अहिले थेग्न सक्ने स्थिति नै छैन । अहिले धेरै ग्राहक वेटिङ लिस्टमै छन् ।

तस्वीरहरु : चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?