+

जितमा सन्तुष्ट, स्कोरिङ समस्या उस्तै

२०८१ फागुन  ९ गते ९:०३ २०८१ फागुन ९ गते ९:०३
जितमा सन्तुष्ट, स्कोरिङ समस्या उस्तै

८ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा लेबनान विरुद्ध जितमा सन्तुष्टी भएकव बताएपनि गोल स्कोरिङमा भने समस्या कायम रहेको स्वीकार गरे ।

बिहीबार भएको आफ्नो दोस्रो खेलमा सावित्रा भण्डारीको एक मात्र गोलमा नेपालले लेबनानलाई १-० ले पराजित गरेको थियो ।

पहिलो खेलमा कीर्गिस्तानलाई पनि १-० ले हराएको नेपालले पेरि लेबनान विरुद्ध पनि संघर्ष गर्नुपर्‍यो ।

खेल जितेर ३ अंक जोड्दै फाइनल पुग्दा केही राहत महसुस भएपनि मैदानमा नेपालको प्रदर्शन र गोल कम हुनु समस्याकै रुपमा रह्यो । पहिलो खेलमा विमला चौधरीले एक गोल गरेकी थिइन् भने दवस्रो खेलमा सावित्रा भण्डारीले गोल गरिन् ।

‘सन्तष्ट हुनै पर्छ किनभने जित जितै हो । त्यसमा ड्र वा हार भएको भए अर्को वातावरण सिर्जन हुन्थ्यो ।’ खेलपछि प्रशिक्षक तामाङले भने ।

उनले अर्गनाइजेसमा अझ कमजोरी रहेको बताए । ‘हाम्रो अर्गनाइजेसनमै ल्याक भयो । आज पनि गोल स्कोरिङमा समस्या भयो,’ तामाङले भने, ‘अवसर त बनायो तर गोल गर्न सकेन । रेखा, विमलाले पहिला पाको चान्समा स्कोर गरेको भए विस्तारै खेल्न सकिन्थ्यो ।’

प्रशिक्षक तामाङले लेबनाले गत वर्ष वाफ च्याम्पियनसिपमा पनि दु:ख दिएको र यस पटक टिम अझ राम्रो भएर आएको बताए । ‘लेबनान हामी भन्दा तल वा माथि भन्ने भन्दा पनि हामीले कसरी लगानी गरेको छ र उनीहरुले कसरी लगानी गरेको छ त्यो महत्वपूर्ण हो । लेबनान बलियो छ पहिले देखि भन्दै आको हो । एक वर्षमा राम्रो बनायो ।’

अब नेपालले लिगको अन्तिम खेलमा आउने आइतबार म्यानमारसँग खेल्नेछ र फाइनल पनि बुधबार म्यानमारसँग नै हुनेछ । फाइनल पक्का भइसकेकोले लिगको अन्तिम खेल प्रेसर नलिई खेल्ने उनले बताए । ‘दुई दिन रेस्ट छ । उनीहरु (म्यानमार)को संरचना बुझिहालियो । हामी फाइनल पुगिकसको छ । त्यसैले हामीले फाइनलका लागि कसरी खेल्ने भन्ने योजना अनुसार म्यानमारसँग खेल्नेछौँ ।’

नेपाली महिला फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय