+
+
Shares

अमेरिकाले अनुदान रोकेपछि शंकर पोखरेलको प्रतिक्रिया– अपमानबाट जोगिन आफ्नो देश आफैं बनाऔं

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते ९:४८

९ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरिबी माथिको अपमानबाट जोगिने हो भने आफ्नो देश आफैं बनाउनु पर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फ्रड’ भन्दै नेपाललाई दिने गरेको अनुदान रकम कटौती गरेको प्रसंगमा महासचिव पोखरेलले सो धारणा राखेका हुन् ।

गत मंगलबार अमेरिकाको फ्लोरिडास्थित मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले नेपाललाई वित्तीय संघीयताका लागि दिने २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणका लागि दिने १९ मिलियन डलरसहित ३९ मिलियन डलर (करिब ५ अर्ब ४३ करोड रुपैयाँ) रोकिएको जानकारी दिएका थिए । त्यो ‘फ्रड’ भएकाले रकम रोक्नु परेको अभिव्यक्ति ट्रम्पले दिएका थिए ।

त्यसलाई पूर्वमन्त्री समेत रहेका एमाले महासचिव पोखरेलले ‘गरिबी माथिको अपमान’ भनेर टिप्पणी गरेका छन् । त्यसैले उनले आफ्नो देश नेपाल आफैं बनाउने अभियानमा जुट्न आह्वान गरेका हुन् ।

पोखरेलले फेसबुकमा लेखेका छन्, ‘विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिशत हिस्सा सम्वन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हुन् भने त्यसको नैतिक दायित्व पनि ती मुलुककै होला नि ।’

महासचिव पोखरेलले थप लेखेका छन्, ‘गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफैं बनाउने अभियानमा जुटौं र भनौ‌ं– हामी बनाउँछौं हाम्रो देश नेपाल ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?