+
+
Shares

‘मिसेस भोग नेपाल २०२५’ को उपाधि सुमी मल्ललाई

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १२:५९

काठमाडौं । हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘मिसेस भोग नेपाल २०२५’ को उपाधि सुमी मल्लले जितेकी छिन् । बौद्ध हेरिटेजमा आयोजित फिनालेमा मल्ल विजेता घोषित भइन् ।

फिनालेको उत्कृष्ट ५ मा मल्लसहित रुथ शिवाकोटी, सञ्जु श्रेष्ठ, प्रिया खड्गी र श्वेता बज्राचार्यबीच प्रतिस्पर्धा भएको थियो ।सञ्जु फस्ट रनरअप, प्रियाले सेकेन्ड रनरअप र श्वेता थर्ड रनरअप बने । प्रतियोगितामा १७ जना विवाहित महिलाले भाग लिएका थिए ।

प्रतिस्पर्धामा सुमी मल्ल, सरिता डंगोल, रुथ सिवाकोटी, रेनु सुर्खेती, मोनिका नापित, इन्दिरा बस्नेत, जयत्री तामाङ, रञ्जना बम, ज्योती कार्की, अर्चना चौधरी, कोरोना घिमिरे रञ्जित, प्रिया खड्गी, शर्मिला गिरी, बिनिसा थापा, स्वेता बज्राचार्य, सीमा भूर्तेल तथा सञ्जु श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।

फिनाले अवसरमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘मायावी’का अभिनेता समिम खान, अभिनेत्री दीपिका प्रसाई र निर्माता ध्रुव न्यौपानेले गीत र ट्रेलर प्रस्तुत गर्दै दर्शकलाई फिल्मबारे जानकारी गराए । आयोजक संस्था हाउस अफ फेसनकी संस्थापक ओसिमा बानुले सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?