
सिड्नी । चर्चित कलाकार जोडी केदार घिमिरे ‘माग्ने बुढा’ र सीतादेवी तिमल्सेना ‘चन्द्रमुखी’ अस्ट्रेलियास्थित ऋण सेवा प्रदायक कम्पनी ‘फिन कनेक्स फाइनन्सियल’का व्यवसायिक दूत नियुक्त भएका छन् ।
कम्पनीले कलाकार दम्पतीलाई दूतमा नियुक्त गरिएको जनाएको छ । कम्पनीले ६ बर्षदेखि अस्ट्रेलियामा होम लोन, कमर्सियल लोन, इन्भेस्टमेन्ट लोन, एसएमएसएफ लोन र डेभलपमेन्ट लोन प्रवाह गर्दै आएको छ ।
कम्पनी प्रमखु विष्णु अर्यालले कलाकार जोडीलाई प्रबर्द्धन दूतमा नियुक्त गर्न पाएकोमा खुसी व्यक्त गरे । सिड्नीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले मेलबर्न, एडिलेड र ब्रिसबेन लगायतका सहरमा लोन सेवा प्रदान गर्दै आएको छ । ४० अस्ट्रेलियाली बैंकसँग कम्पनी आबद्ध छ ।
पछिल्लो ५ बर्षको अबधिमा कम्पनीले ५ सयभन्दा बढीलाई घर किन्न होम लोन दिएको छ । अष्ट्रेलियामा नेपाली समुदाय बाक्लिँदै गएको अवस्थामा आफूहरु नेपालीकै सस्थासँग जोडिन पाएकोमा कलाकार जोडीले खुसी व्यक्त गरे । उनीहरूले कम्पनीको प्रचारप्रसारमा साथ दिने जनाइएको छ ।
प्रतिक्रिया 4