+
+
Shares

चुरे उत्थानशील आयोजनाको अनियमितता छानबिन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १४:३५

९ फागुन, काठमाडौं । चुरे उत्थानशील आयोजना प्रदेश व्यवस्थापन इकाइको आर्थिक अनियमितताबारे छानबिन गर्न चुरे तथा वनजंगल संरक्षण अभियानले माग गरेको छ ।

इकाइको मधेश प्रदेशका तत्कालीन प्रमुख चुडामणि खतिवडासहितलाई छानबिनको दायरामा ल्याउनुपर्ने भन्दै अभियानले आज ज्ञापन पत्रसमेत बुझाएको छ।

पत्रमा सार्वजनिक खरिद ऐनविपरीत ६० लाख रुपैयाँको विभिन्न प्रजातिको विरुवा खरिद गरेको, जनतामा विरुवा वितरण तथा वृक्षरोपण गर्न विभिन्न प्रजातिको विरुवा उत्पादन गरे पनि सोही प्रजातिमध्ये धेरैजसो प्रजातिको विरुवा खरिद गरी रकम दुरुपयोगबारे छानबिन र करोडौं रुपैयाँको लाखौं विरुवाहरू उत्पादन तथा खरिद गरेको कागजमा देखिए पनि यथार्थमा नभएको भन्दै छानबिन गर्न माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?