+
+
Shares

मिस वर्ल्ड भारतको तेलङ्गानामा हुने, नेपालबाट सृच्छाले भाग लिने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १४:५५
मिस नेपाल वर्ल्ड २०२३ सृच्छा प्रधान ।

काठमाडौं । ७२ औं विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’को आयोजना भारतको तेलङ्गानामा हुने भएको छ । बैशाख २१ देखि जेठ १७ सम्म (मे ४ देखि ३१ तारिख)सम्म प्रतियोगिता हुन लागेको हो ।

मिस वर्ल्ड लिमिटेडकी अध्यक्ष तथा सीईओ जुलिया मोर्ले, तेलङ्गानाकी पर्यटन, संस्कृति, सम्पदा तथा युवा मामिला विभागकी सचिव स्मिता सभरवालले यसको आधिकारिक घोषणा गरे ।

मिस नेपाल आयोजक संस्था ‘द हिडन ट्रेजर’ले पनि यसको आधिकारिक पुष्टि गरेको छ । २८ दिनसम्म चल्ने मिस वर्ल्डमा १२० सुन्दरीले भाग लिनेछन् । नेपालबाट मिस नेपाल २०२३ सृच्छा प्रधानले सहभागिता जनाउने पक्का भएको छ ।

फिनाले मे ३१ (जेठ १७) गते हैदराबादमा आयोजना हुनेछ ।

मिस वर्ल्डको आधिकारिक वेबसाइटले तेलङ्गानाका विभिन्न स्थानमा प्रतियोगिता हुने जनाएको छ । उद्घाटन र समापन समारोह हैदराबादमा हुनेछ । ७१ औं मिस वर्ल्ड दिल्ली र मुम्बईमा आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?