+

प्रधानमन्त्री कप पुरुष क्रिकेट फागुन २५ देखि, तीन मैदानमा ४६ खेल हुने

२०८१ फागुन  ९ गते १५:०५ २०८१ फागुन ९ गते १५:०५
प्रधानमन्त्री कप पुरुष क्रिकेट फागुन २५ देखि, तीन मैदानमा ४६ खेल हुने

९ फागुन, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ देखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशको तीन मैदानमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रिलिज जारी गर्दै सिद्धार्थ रंगशाला, एक्सट्राटेक र दाङको लमहीमा प्रतियोगिता हुने जनाएको हो ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार हुने यस प्रतियोगितामा ७ प्रदेश र ३ विभाग गरी १० टोलीले प्रतिस्पर्धा गर्नेनेछन् । खेलहरु सिंगल राउन्ड रोबिनका आधारमा खेलाइनेछ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।

सिद्धार्थ रंगशालामा फाइनलसहित १७ खेल हुनेछ भने एक्सट्राटेकमा १५ तथा लमहीमा १४ खेल हुनेछ ।

क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय