+
+
Shares

कांग्रेस–माओवादीले सकेसम्म हामीलाई उपयोग गरे : नेकपा एकीकृत समाजवादी

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा पुनस्र्थापनापछि बनेको सरकारका सहयात्रीले आफूहरूलाई सकेसम्म उपयोग गरेको नेपालको भनाइ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १५:४०

९ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसद् पुनर्स्थापनापछि बनेको सरकारका सहयात्रीहरूले आफूहरूलाई उपयोग गरेको ठहर गरेकाे छ ।

आजबाट सुरु केन्द्रीय कमिटी बैठकमा ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तात्कालीक कार्ययोजना : आन्दोलनद्वारा पार्टी निर्माण’ शीर्षकको भुसालको सांगठनिक प्रतिवेदनमा यस्तो उल्लेख छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतले त्यसलाई उल्टाउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । त्यसरी बनेको सत्ता गठबन्धनकै दलहरूले आफूहरू सकेसम्म उपयोग गरेको भुसालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापनामा ऐतिहासिक भूमिका निर्वाह गरे पनि त्यसको श्रेयलाई पार्टी निर्माण र संसदीय निर्वाचनमा स्थापित गर्न नसकेको भन्दै यो सन्दर्भ उल्लेख गरिएको छ।

‘संसद्को पुनर्स्थापना गरेर संविधान जोगाउन हाम्रो जुन ऐतिहासिक भूमिका रह्यो त्यसको श्रेयलाई पार्टी निर्माण र संसदीय निर्वाचनमा स्थापित गर्न सकिएन,’ प्रतिवेदनमा उनले भनेका छन्, ‘गठबन्धनका दलहरूले पनि सकेसम्म हामीलाई उपयोग गर्ने काम गरे ।’

*बैठकमा महासचिव घनश्याम भुसालको सांगठनिक प्रतिवेदन प्रस्तुत हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । (सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?