+
+
Shares

राजनीतिक नियुक्ति दिन नसक्दा केहीले पार्टी छोडे : भुसाल

प्रतिनिधिसभा पुनर्स्थापनापछि सरकारमा पार्टी संलग्न भए पनि राजनीतिक नियुक्तिमा पठाउन सकिने सङ्ख्या सीमित भएको अवस्थामा आन्दोलनको पुनर्गठन र रुपान्तरणको दीर्घकालीन कठिनाइलाई झेल्न नसकेका कतिपय पार्टी छोडेर बाहिरिए,’ नेपालले प्रतिवेदनमा भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १५:४९

९ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजनीतिक नियुक्तिमा पठाउन नसक्दा कतिपय नेताले पार्टी छोडेको उल्लेख गरेका छन् ।

आजबाट सुरु केन्द्रीय कमिटी बैठकमा ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तात्कालीक कार्ययोजना : आन्दोलनद्वारा पार्टी निर्माण’ शीर्षकको भुसालको सांगठनिक प्रतिवेदनमा यस्तो उल्लेख छ ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि सरकारमा पार्टी संलग्न भए पनि राजनीतिक नियुक्तिमा पठाउन सकिने सङ्ख्या सीमित भएको अवस्थामा आन्दोलनको पुनर्गठन र रुपान्तरणको दीर्घकालीन कठिनाइलाई झेल्न नसकेका कतिपय पार्टी छोडेर बाहिरिए,’ प्रतिवेदनमा भनिएको छ ।

संसद् पुनर्स्थापना भएको विषय पुरानो हुँदै गएको, एमसीसीका विषयमा पार्टी नीतिलाई स्थापित गर्न नसकिएको, स्थानीय र संघीय तथा प्रादेशिक निर्वाचनमा अपेक्षित परिणाम नआएकोजस्ता कारणले पनि पार्टीमा आकर्षण बढाउन नसकेको भुसालको विश्लेषण छ ।

*बैठकमा महासचिव घनश्याम भुसालको सांगठनिक प्रतिवेदन प्रस्तुत हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । (सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?