+
+
Shares

दुर्लभ भाषा संरक्षणमा ध्यान दिनुपर्छ : पर्यटनमन्त्री

‘लोपोन्मुख र दुर्लभ भाषा लोप हुँदै गएका छन् । अहिले कुसुन्डा बोल्ने एक जनामात्र व्यक्ति रहेछन्,’ संस्कृतिमन्त्री पाण्डेले भने, ‘दुर्लभ भाषा संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरुरी छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १५:५७

९ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले दुर्लभ भाषा संरक्षण र विकासका लागि ध्यान दिनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रजत महोत्सवमा भाषा प्रयोगशाला उद्घाटन गर्दैै मन्त्री पाण्डेले लोपोन्मुख र दुर्लभ भाषा लोप हुन लागेको प्रति चिन्ता व्यक्त गरे ।

‘लोपोन्मुख र दुर्लभ भाषा लोप हुँदै गएका छन् । अहिले कुसुन्डा बोल्ने एक जनामात्र व्यक्ति रहेछन्,’ उनले भने, ‘दुर्लभ भाषा संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरुरी छ ।’

उनले प्रत्येक भाषाले बोकेको सन्देश, अर्थ, संवेदनशीलता, दर्शन, इतिहास, सभ्यता जतिसुकै भए पनि एकले अर्काको भाषा बोल्न नसक्ने बताए ।

मन्त्री पाण्डेले ज्ञानको बहुआयामिक महत्त्व जोगाउन भाषाको महत्त्व बढ्दै गएको बताए । उनले मुलुकमा हाल १ सय ३१ भाषा बोलिने गरेको उल्लेख गर्दै अन्वेषण हुँदै जाँदा भाषा बढ्दै जाने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?