+
+
Shares

यो साता मूल्य धेरै बढेका यी १० कम्पनी

अन्य सेक्टर सबैभन्दा धेरै ७.२ प्रतिशत बढ्यो

यो साता सेयर बजार २.४२ प्रतिशत अर्थात् ६५ अंक बढेको छ । गत साता २६७८ मा रहेको बजार यो साता २७४३ अंकमा पुगेर बन्द भयो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १६:२६

९ फागुन, काठमाडौं । यो साता सेयर बजार २.४२ प्रतिशत अर्थात् ६५ अंक बढेको छ । गत साता २६७८ मा रहेको बजार यो साता २७४३ अंकमा पुगेर बन्द भयो ।

यो साता चार दिन मात्रै कारोबार भयो, चारै दिन बजार बढ्यो । पहिलो दिन आइतबार १९.५६, सोमबार २९.८७, मंगलबार १२.६८ र बिहीबार ३.१४ अंक बढ्यो ।

बजार बढ्दो क्रममा हुँदा कारोबार रकम पनि बढ्ने गरेको देखिन्छ । आइतबार ९ अर्ब ४७ करोड, सोमबार १० अर्ब ४ करोड, मंगलबार १० अर्ब ४३ करोडको कारोबार भएकोमा बिहीबार ८ अर्ब ६२ करोडको भयो ।

दुई पुनर्बीमा कम्पनीले उचाले अन्य समूह

बजारमा सूचीकृत रहेका दुई पुनर्बीमा कम्पनीले अन्य सेक्टरलाई उचालेका छन् । अन्यमा सूचीकृतमध्ये दुई पुनर्बीमा कम्पनी नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सको मूल्य उच्च दरमा बढ्दा, सिर्जित शक्तिले समग्र सेक्टर ७.२३ प्रतिशत बढ्यो ।

नेपाल पुनर्बीमाको मूल्य यो साता १०.१२ प्रतिशत तथा हिमालयन रिको १०.६६ प्रतिशत बढ्यो । यी दुई ठूला कम्पनीको शक्तिमा नेपाल टेलिकमले समेत केही साथ दिँदा समग्र सेक्टरमा उल्लेख्य वृद्धि देखिएको हो ।

टेलिकमको मूल्य यो साता ३.४ प्रतिशत बढ्यो । हाल नेपाल पुनर्बीमाको मूल्य १०७७, हिमालयन रिको ९३४ र टेलिकमको मूल्य ९१० रुपैयाँ पुगेको छ ।

अन्यपछि यो साता जीवन बीमा समूहमा आकर्षण देखियो । सो सेक्टर ५.५ प्रतिशत बढ्यो । यो सेक्टरलाई सबैजसो कम्पनीको मूल्यवृद्धिले साथ दियो । यो साता दुई सेक्टर विकास बैंक र हाइड्रोपावर घटे ।

यी दुवै सेक्टरमा हाल देखिएको ‘करेक्सन’ केही दिनमै सकिने प्राविधिक जानकारहरुले टिप्पणी गर्दै आएका छन् । सबैभन्दा शक्तिशाली रहेको बैंकिङ सेक्टर २.८ प्रतिशत बढ्यो । यो सेक्टरले नै समग्र बजारलाई यो साता उचाल्न सफल भयो ।

यो साता धेरै कारोबार भएका कम्पनी

यो साता रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा अग्रस्थानमा रह्यो । सो कम्पनीको १ अर्ब ५९ करोडको कारोबार भयो ।

त्यसपछि क्रमशः हिमालयन रि, सीईडीबी होल्डिङ्स, एनआरएन इन्फास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, रिलायन्स फाइनान्स, हिमालयन पावर पार्टनर, युनाइटेड इदी मर्दी, नारायणी डेभलपमेन्ट र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।

त्यस्तै कारोबार संख्याका आधारमा भने धेरै कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स रह्यो । त्यसपछि क्रमशः नेपाल रिइन्स्योरेन्स, रिलायन्स फाइनान्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स, निफ्रा, पिपुल्स हाइड्रोपावर, आईएमई लाइफ इन्स्योरेन्स, सीईडीबी होल्डिङ्स, जानाकी फाइनान्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?