+
+
Shares

सामाजिक सञ्जाल विधेयकको मस्यौदा माओवादीसँग मिलेरै बनाएको हो : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १६:५७
फाइल फोटो ।

९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसँग बसेर नै आफूहरुले सामाजिक सञ्जाल विधेयक तयार पारेको बताएका छन् ।

काठमाडौंमा जारी एक कार्यक्रममा उनले उक्त विधेयकको मस्यौदा माओवादीसँगै बसेर तयार पारिएको बताएका हुन् ।

‘केही मान्छेले आफैंले हिजो मस्यौदा गरेका हुन्, कानुन । अहिले सामाजिक सञ्जालको विषयमा जो हल्ला गर्ने, चर्का कुरा गर्ने, विरोध गरेर उफ्रिने संसदमा भएका केही पार्टीहरु छन् । खासगरि माओवादीलगायत, हामी सँगै बसेर बनाएका हौं,’ उनले भने ।

अहिले सामाजिक सञ्जाल विधेयकको विरोधमा उभिए पनि विगतमा माओवादीले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध नै लगाएको समेत प्रधानमन्त्री ओलीले स्मरण गराए । ‘टिकटकमा प्रतिबन्ध नै लगाएका हुन् । अहिले बहुत हिमायती निस्किएका छन् फेरि । बोल्न पाउनुपर्छ भनेर जे पनि बोल्न पाउनुपर्छ भनेर उफ्रिएका छन् । त्यतिबेला किन प्रतिबन्ध लगाएको ?’ उनले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले बोल्ने सबैलाई छुट भए पनि जे पनि बोल्न नपाइने बताए । ‘जे पनि होइन, ठिक कुरा बोल्नुपर्छ । ठिक कुरा गर्ने अभ्यास बोल्नुपर्छ । देशको विरुद्ध बोल्ने, शान्ति सुरक्षा, अमनचयन खल्बल्याउन खोज्ने ?’ उनले भने, ‘जथाभावी बोल्ने प्रवृत्ति बढेका छन् । कुनै वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामा कुनै प्रकारको बन्देज लगाइने छैन ।’

उनले अगाडि भने, ‘हामी त बोल्न नपाइने समाजबाछट आएका हौं नि ! बोल्न नपाएकाविरुद्ध लडेर आएका हौं । त्यसकारण कसैको पनि अधिकार मिच्न पाइँदैन । हामीले बनाउने कुनै कानुनले कुनैको अधिकार मिचिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?