+
+
Shares

प्रधानमन्त्रीले भने– ‘मलाई किन चाहियो सम्पत्ति, दुईवटा रोटी र अलिकति दाल खाने हो’

स्वीट्जरल्यान्डको बैंकमा पैसा राखेको भन्दै भ्रम फिजाइएको बताएका प्रधानमन्त्री ओलीले सम्पत्ति लुकाउनुपर्ने कुनै कारण नभएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १७:३३

९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक कारोबारसँग जोडेर आफूबारेमा अनेकपटक अनेक भ्रम फैलाउने गरिएको टिप्पणी गरेका छन् ।

स्वीट्जरल्यान्डको बैंकमा पैसा राखेको भन्दै आफ्नोबारेमा भ्रम फिजाइएको भन्दै उनले त्यसको खण्डन गरे । ‘मलाई किन त्यत्रो सम्पति चाहियो ? दुईवटा रोटी र अलिकति दाल खाने हो । मैले सम्पत्ति लुकाउनुपर्ने केही कारण छैन ।’

प्रधानमन्त्री ओलीले आफ्नो जीवन सबै खुल्ला र पारदर्शी रहेको पनि बताए । ‘मेरो जीवन सबै खुला र पारदर्शी छ । यस्ता अनेक हल्ला चलाउने र भ्रम फिँजाउने तथा दुर्वाच्य बोल्ने हाम्रो सभ्यता होइन,’ उनले भने ।

ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको शुक्रबार राजधानीमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘व्यक्तित्व योगदान’ पुस्तकको शुक्रबार राजधानीमा लोकार्पण गर्दै प्रधानमन्त्री ओली । तस्वीर : प्रमको सचिवालय ।

उनले सुशासनबाट मात्रै मुलुकलाई समृद्धितिर लैजान सकिने भन्दै छिटो छरितो रूपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा सरकार रहेको बताए ।

प्रधानमन्त्री ओलीले व्यवसायको क्षेत्रका साथै नेपाल चेम्बर अफ कमर्शको संस्थागत विकासमा योगदान दिएका व्यक्तित्व श्रेष्ठको व्यक्तित्व र कृतित्वले नयाँ पुस्ताका लागि प्रेरणदायी हुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?