+

१० नेपाली धावक टोकियो म्याराथनमा सहभागी हुने

२०८१ फागुन  ९ गते १७:५१ २०८१ फागुन ९ गते १७:५१
१० नेपाली धावक टोकियो म्याराथनमा सहभागी हुने

९ फागुन, काठमाडौं । नेपालसहित विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका १० नेपाली धावकहरू आगामी महिना जापानमा आयोजना हुने टोकियो म्याराथन २०२५ मा सहभागी हुने भएका छन् । नेपाल, अमेरिका, बेलायत र मकाउमा बसोबास गर्दै आएका नेपालीहरु टोकियो म्याराथनमा सहभागी हुने पक्का भएको हो ।

नेपालबाट जुम्लारारा हाइअल्टिच्युड अल्ट्रा लगायतमा सहभागी भइसकेका धावक शम्भु दाहालसहित मकाउका बिरु राई अमेरिकाकाबाट सन्तोष कर्माचार्य, युवराज खनाल र जीत बुढामगरले सहभागिता म्याराथनमा भाग लिँदैछन् ।

यसैगरी सबैभन्दा धेरै बेलायतबाट विश्वका विभिन्न प्रतियोगितामा सहभागिता जनाइसकेका ५ जना नेपाली धावकहरु आत्मराम दाहाल, अनु सिग्देल, प्रतीक गौचन, नारायण पन्त, सागर गुरुङसहित २ जना भारतीयहरू ऋषि अत्री र कुष्ण अत्रीले म्याराथनमा सहभागी हुनेछन् ।

नेपाल रन युके नामक संस्थाको संस्थापक समेत रहेका भएका धावक आत्मराम दाहालका अनुसार पहिलो पटक ठूलो संख्यामा नेपालीहरुले टोकियोमा सहभागिता जनाउन लागेका हुन् । हजारौंको संख्यामा जापान तथा विश्वभरिका धावकहरू सहभागिता रहने प्रतियोगितामा गोलाप्रथा तथा प्रायोजकको सिफारिसका आधारमा मात्र सहभागिता हुन सकिने प्रावधान रहेको छ।

मार्च २ तारिक आइतबार बिहान टोकियो सिन्जुकु सहरबाट म्याराथनमा सुरु हुनेछ । १० किलोमिटर छोटो र ४२ किलोमिटर लामो दूरीको प्रतिस्पर्धा टोकियो स्टेसनमा सकिने छ । सबै नेपाली खेलाडीहरु ४२ किलोमिटर लामो दूरीको दौडमा भाग लिने छन् ।

नेपाली खेलाडीहरुले आफनो हौसलाका लागि जापानवासी नेपालीहरुमा नेपाली झण्डासहित विभिन्न क्षेत्रमा सहभागि भई हौसला प्रदान गर्न अपील गरेका छन् ।

टोकियो म्याराथन नेपाल रन युके

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय