+

पुस महिनासम्मको लक्ष्य प्रगतिमा स्वास्थ्य मन्त्रालय दोश्रो

२०८१ फागुन  ९ गते १८:२२ २०८१ फागुन ९ गते १८:२२
पुस महिनासम्मको लक्ष्य प्रगतिमा स्वास्थ्य मन्त्रालय दोश्रो

९ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगतिको अर्धवार्षिक विश्लेषणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोश्रो स्थानमा परेको छ ।

हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको पुषसम्मको कार्य प्रगतिका आधारमा मन्त्रालयहरुबीचको मूल्यांकनमा स्वास्थ्य मन्त्रालय दोश्रो स्थानमा रहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार मन्त्रालय तथा निकायगत आधारमा भने स्वास्थ्य मन्त्रालय तेश्रो स्थानमा रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री तथा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गरेका थिए।

मन्त्रालयले कुल ५२ मध्ये पुष मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने ११ काममध्ये ९ वटा सम्पन्न गरिसकेको प्रवक्ता बुढाथोकीले बताए।

मन्त्रालयको सामाजिक क्षेत्रका माइलस्टोनको समीक्षामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार मन्त्रालयले ८१.८ प्रतिशत प्रगति हासिल गरेको छ ।

सुरु भई निश्चित लक्ष्य हासिल हुनुपर्ने माइलस्टोनको प्रगति स्थितिमा मन्त्रालयले ७० अंक प्राप्त गरेको छ । जुन सामाजिक क्षेत्रमा कार्यरत मन्त्रालयहरुमध्ये उच्च हो ।

स्वास्थ्य मन्त्रालय
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय