९ फागुन, काठमाडौं । युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ ।
शुक्रबार सार्वजनिक भएको ‘ड्र’ अनुसार ला लिगाका दुई हेभिवेट टिम रियल मड्रिड र एथ्लेटिको मड्रिड अन्तिम १६ मै भिड्ने भएका छन् । यी दुई टीम ला लिगाको क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् ।
त्यसैगरी फ्रेन्च लिग वान लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इंग्लिस प्रिमियर लिग लिडर लिभरपुलको सामान गर्ने भएको छ । यी दुई हेभीवेट टिमको भिडन्त पनि निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ । ला लिगाको पहिलो स्थानमा रहेको बार्सिलानोले पोर्चुगिज क्लब बेनफिका प्रतिस्पर्धी पाएको छ । त्यस्तै पीएसभीले आर्सनलसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
यसैथरी जर्मन क्लब बायर्न म्युनिखले पनि आफ्नै देशको प्रतिद्वन्दी बायर लेभरकुजसँग प्रतिस्पर्धा गर्नेछ ।
क्लब बुर्ग र एस्टन भिल्लाले प्रतिस्पर्धा गर्नेछन् । लिल र बोरुसिया डर्टमुन्ड सँग प्रतिस्पर्धा गर्नेछ । इन्टर मिलानले भने फेयनुर्डसँग खेल्नेछ ।
अन्तिम १६ को पहिलो लेगको खेलहरु आगामी मार्च ४/५ मा हुनेछ भने दोस्रो लेगका खेलहरु मार्च ११ /१२ मा हुनेछ ।
यस्तो छ अन्तिम १६ देखि फाइनलसम्मको ड्र
प्रतिक्रिया 4