+
+
Shares

भारतीय विदेश मन्त्रालयले भन्यो : नेपाली विद्यार्थीको सुरक्षा उच्च प्राथमिकता

जयसवालका अनुसार भारतको विदेश मन्त्रालय ओडिशा सरकार, केआईआईटी प्रशासन र नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १९:०९

९ फागुन, काठमाडौं । ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु प्रकरणमा भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ ।

भारतको विदेश मन्त्रालयले शुक्रबार गरेको नियमित साप्ताहिक मिडिया ब्रिफिङमा प्रवक्ता रणधीर जयसवालले भने, ‘हामी नेपाली छात्राको दुःखद निधनबाट निकै मर्माहित भएका छौँ। उनको परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ।’

भारतले विदेशी विद्यार्थीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले भने, ‘भारत सरकारले देशका सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकता दिन्छ।’

जयसवालका अनुसार भारतको विदेश मन्त्रालय ओडिशा सरकार, केआईआईटी प्रशासन र नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ ।

ओडिसा सरकारले नेपाली विद्यार्थीलाई फर्काउन पहल गरिरहेको र सुरक्षासहित शैक्षिक गतिविधिमा संलग्न हुने वातावरण बनाउन काम गरिरहेको जानकारी दिए ।

भुवनेश्वरीमा रहेको स्थानीय प्रहरीले नेपाली विद्यार्थीलाई सहयोग गर्न सातै दिन चौबिसै घन्टाको हेल्पलाइन स्थापना गरेको पनि प्रवक्ता जयसवालले जानकारी दिए ।

‘यसबारेमा संवाद र सहजीकरण गर्न विदेश मन्त्रालय ओडिसा सरकार र नेपाली निकायहरूसँग निरन्तर संवादमा छ,’ उनले भने ।

आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनले आफूमाथि सोही कलेजमा अध्ययरत एक विद्यार्थी मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आईआरओ) मा दुई पटक निवेदन दिएकी थिइन् । तर, कलेजले गम्भीरता देखाएको थिएन ।

साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।

कलेजका सुरक्षागार्ड र बाउन्सरहरुले विद्यार्थीलाई कुटपिट गरेको र लखेटेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?