+
+
Shares

बागमती प्रदेशका ३०५ युवालाई सिपमूलक तालिम

प्रदेश युवा परिषद् बागमतीले स्वीकृत वार्षिक कार्यक्रमअनुसार ३०५ जना युवाका लागि विभिन्न सिपमूलक तालिम सुरु गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते २०:१६

९ फागुन, हेटौंडा । प्रदेश युवा परिषद् बागमतीले स्वीकृत वार्षिक कार्यक्रमअनुसार ३०५ जना युवाका लागि विभिन्न सिपमूलक तालिम सुरु गरेको छ । तालिमको प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले उद्घाटन गरे ।

मन्त्री महर्जनले युवालाई सिप प्रदान गरी गाउँ, समाज हुँदै देशकै आर्थिक रुपान्तरणमा योगदान पुर्‍याउन सकिने बताए ।

उनले तालिमले युवाहरुलाई नेपालमै रोजगारको अवसर सिर्जना गर्न मद्दत गर्ने भएकाले प्रदेश सरकारबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए ।

३९०/१६० घण्टे तालिमअन्तर्गत कुक, वेटर, बारिस्टा, मन्टेसरी, ब्युटीपार्लर र विल्डिङ इलेक्ट्रिसियन जस्ता विषय समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?