+
+
Shares

भीमफेदीमा सडक सफाइ गर्न जनप्रतिनिधि र स्थानीयको जागरण अभियान

काठमाडौं–हेटौंडाको छोटो दुरी सडक अन्तर्गत भीमफेदीदेखि भैंसेसम्मको सडक खण्ड भएर यात्रा गर्ने यात्रुहरूले गाडीबाट जथाभावी फोहोर फालिदिने गरेपछि वडाले सरसफाइका लागि जागरण अभियान सञ्चालन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १९:२४

९ फागुन, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकाको वडा नम्बर ४ का जनप्रतिनिधि र स्थानीयले सडक सरसफाइका लागि जागरण अभियान चलाएका छन् ।

काठमाडौं–हेटौंडाको छोटो दुरी सडक अन्तर्गत भीमफेदीदेखि भैंसेसम्मको सडक खण्ड भएर यात्रा गर्ने यात्रुहरूले गाडीबाट जथाभावी फोहोर फालिदिने गरेपछि वडाले सरसफाइका लागि जागरण अभियान सञ्चालन गरेको हो ।

‘गाडीबाट यात्रा गर्ने यात्रुहरूले यो क्षेत्रमा धेरै फोहोर गरेपछि स्थानीय प्रभावित भएका छन् । त्यसको न्यूनीकरण र सडक क्षेत्र सरसफाइ गर्न हामीले अभियान चलाएका हौं,’ वडाध्यक्ष सागर पाण्डेले भने ।

उनले जागर तथा सरसफाइ अन्तर्गत, स्थानीय युवा, विद्यार्थीको सहभागितामा सडक सरसफाइ गरेको बताए ।

‘हामीले एक दिन सरसफाइ मात्रै गरेनौं, यो बाटोबाट हिँड्ने सवारी चालक, यात्रुहरूलाई सचेत पनि गराएका छौं । अलि धेरै प्रभावित भएपछि वडा कार्यायले नै सक्रिय भएर अभियान चलाएको हो,’ वडाध्यक्ष पाण्डेले भने  ।

उनले सुरुमा जागरण अभियान चलाउने र सचेत नभए स्थानीय प्रशासनसँग मिलेर कारबाही तर्फ पनि जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?