+
+
Shares

बागमती प्रदेशका युवालक्षित सीपमूलक तालिम सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते २१:२५

९ फागुन, हेटौंडा । प्रदेश युवा परिषद् बागमतीले युवालक्षित सीप विकास तालिम सुरु गरेको छ । यसक्रममा छनोट भएका तीन सय पाँच जना युवाका परिषद्ले तालिम सुरु गरेको हो ।

युवाहरूलाई कुक, वेटर, बारिष्टा, मन्टेसरी, ब्युटीपार्लर र वेल्डिङ, इलेक्ट्रिसियन जस्ता विषयमा तालिम दिन लागिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए । चौलागाईले आफ्नो कार्यकालमा बागमती प्रदेशका बढीभन्दा बढी युवालाई दक्ष, उद्यमी र सक्षम नागरिक बनाउन प्रयासरत रहेको बताए ।

शुक्रबार आयोजित एक कार्यक्रमबीच बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले तालिम उद्घाटन गरेका थिए । मन्त्री महर्जनले युवाहरूलाई सीप प्रदान गरी गाउँ, समाज हुँदै देशकै आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?