+
+
Shares

नागरिकको डिजिटल सम्पत्ति दुरूपयोग हुने जोखिम छ : रिवश न्यौपाने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते २१:२६

साइबर सुरक्षा अनुसन्धानकर्ता न्यापानेका अनुसार राष्ट्रिय परिचयपत्रको वेबसाइट पनि असुरक्षित रहेको बताउँछन् । उनी  चेतावनीयुक्त भाषामा भन्छन्, ‘ राष्ट्रिय परिपयपत्रको वेबसाइट पनि विश्वास गर्न सकिदैन। किनकी राष्ट्रिय परिचयपत्रको वेबसाइटमा पर्सनली आइडेन्टिफाइङ इन्फरमेशन (पीआईआई) अर्थात नागरिकका व्यक्तिगत विवरणहरू सुरक्षित तरिकाले राखिएका छैनन् ।

यसमा धेरै केयरलेस (हेलचेक्र्याइ) गरिएको छ । उहाँहरूले जेनेरल डेटा प्रोटेक्शन थ्रू रेगुलेशन (जीडीएपीआर)लगायतका अन्तराष्ट्रिय मापदण्ड नै लागु  गरेको देखिँदैन। यसले त ह्याकरले चाहेको बेला नागरिकका व्यक्तिगत विवरण चोर्न सक्‍नेछन् ।’

उनी अमेरिका, युरोपलगायतका देशहरूमा डेटा सुरक्षाका लागि अन्तराष्ट्रिय मापदण्डहरू बनाएजस्तै नेपाल सरकारले पनि मापदण्ड अनुसार आफ्नो आधरिकारिक वेबपोर्टलहरू बनाउँदा उपयुक्त हुने सुझाउँछन् । ‘ अमेरिकाले हिप्पा, युरोपले जीडीएपीआरलगायतका मापदण्ड अपनाइरहेका हुन्छन्। तर हाम्रोमा कुनै त्यस्तो मान्यतालाई लागु गरिएको देखिँदैन । अब सरकारले पनि कानुन बनाएर वेबसाइटका आधारभूत मान्यताहरू लागू गर्नु जरूरी देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?