+

च्याम्पियन्स ट्रफी डेब्युमा अफगानिस्तान दक्षिण अफ्रिकासँग पराजित

२०८१ फागुन  ९ गते २२:२४ २०८१ फागुन ९ गते २२:२४
च्याम्पियन्स ट्रफी डेब्युमा अफगानिस्तान दक्षिण अफ्रिकासँग पराजित

९ फागुन, काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटमा डेब्यु गरेको अफगानिस्तान दक्षिण अफ्रिकासँग फराकिलो अन्तरले पराजित भएको छ ।

शुक्रबार कराचीमा भएको खेलमा दक्षिण अफ्रिकाले राएन रिकेलटनको शतक मदतमा अफगानिस्तानलाई १०७ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर ३१५ रन बनाएको थियो । जवाफमा ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २०८ रनमै अलआउट भयो ।

दक्षिण अफ्रिकाका लागि राएनले सर्वाधिक १०३ रन बनाए । यस्तै कप्तान तेम्बा बाभुवा, रसी भान डेस डुसान र अइडन मार्क्रमले पनि अर्धशतक प्रहार गरे । अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ९० रन बनाएपनि अन्य खेलाडीले राम्रो सात दिन सकेनन् । उनीपछि रासिद खानले १८ रन जोडे ।

 

च्याम्पियन्स ट्रफी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय