+

एनएसएल अक्सन : नवयुग र विकेशलाई बोली लागेन

२०८१ फागुन  १० गते ११:३४ २०८१ फागुन १० गते ११:३४
एनएसएल अक्सन : नवयुग र विकेशलाई बोली लागेन

१० फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को मिनी अक्सनमा फरवार्ड नवयुग श्रेष्ठ र गोलकिपर विकेश कुथु अनसोल्ड भएका छन् ।

राष्ट्रिय टिमबाट खेलिसकेका यी दुवै खेलाडीलाई अक्सनमा कुनै टिमले बोली लगाए । दुवै खेलाडी यसअघि एनएसएलमा मार्की प्लेअरको भूमिकामा रहिसकेका खेलाडी हुन् ।

तर एनएसएलको तेस्रो सिजनको लागि पनि प्रतिस्पर्धी ७ वटै टिमले यी खेलाडीमा बिड लगाएनन् । यस्तै युवा गोलकिपर जियारथ शेख, फरवार्ड उज्वल राई र राजिव लोप्चन पनि पहिलो चरणमा अनसोल्ड भएका छन् ।

अनसोल्ड प्लेअरहरुलाई पछि फ्रेन्चाइजहरुले आफ्नो विसलिस्ट मार्फत लिन सक्नेछन् ।

मिडफिल्डर मणि कुमार लामा सबैभन्दा धेरै ४ लाख रकम सोल्ड भएका छन् । उनलाई लक्की ड्र बाट साविक विजेता ललितपुर सिटीले प्राप्त गरेको हो ।

 

एनएसएल अक्सन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय