+
+
Shares

प्रथम महिला शाक्यले भनिन्– ‘ओलीजति मिहिनेती अरु छैनन्’

‘मेरो परिभाषामा त उहाँजस्तो सक्रिय मान्छे नेपालमा मात्र होइन विश्वमा पनि छैन होला,’ उनले थपिन्, ‘उहाँको जीवनको आधाआधी समय ३७, ३८ वर्ष त उहाँको एकदम नजिक बसेर, उहाँका सम्पूर्ण गतिविधि हेर्दै आएको साथी हुँ नि । मैले जति त उहाँलाई कसले बुझेको होला र भन्ने मलाई लाग्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १० गते १६:३१

१० फागुन, काठमाडौं । प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मिहिनेतको प्रशंसा गरेकी छन् ।

शनिबार काठमाडौंमा आयोजित आफ्नो आत्मकथा ‘करुणा’ लोकार्पण समारोहमा उनले कतिपयले ओलीलाई अल्छी भनेरे गर्ने गरेको टिप्पणी गलत भएको बताइन् ।

ओलीलाई कतिपयले अल्छी भन्ने, एताको सिन्को उता नसार्ने भनेर कमेन्ट गर्ने गरेको आफूले पनि सुनेको भन्दै उनले यो प्रशंग कोट्याएकी थिइन् ।

‘मलाई भन्न मन लागेको छ । हिजो बिहानदेखि आज बिहान साढे चार बजेसम्म उहाँ काम गरिरहनुभएको थियो । उहाँ कोठामा आउँदा साढे चार बजे, सायद सुत्दा बिहान पाँच बजेको थियो होला,’ उनले प्रश्न गरिन्, ‘उहाँलाई सक्रिय भन्ने कि निष्क्रिय ?’

उनले ओलीजस्तो मिहिनेती मान्छे विश्वमै नभएको बताएकी छन् । ‘मेरो परिभाषामा त उहाँजस्तो सक्रिय मान्छे नेपालमा मात्र होइन विश्वमा पनि छैन होला,’ उनले थपिन्, ‘उहाँको जीवनको आधाआधी समय ३७, ३८ वर्ष त उहाँको एकदम नजिक बसेर, उहाँका सम्पूर्ण गतिविधि हेर्दै आएको साथी हुँ नि । मैले जति त उहाँलाई कसले बुझेको होला र भन्ने मलाई लाग्छ ।’

कमेन्ट गर्न पायो भन्दैमा, होच्याउन पायो भन्दैमा अलिकति पनि नमिल्ने ढंगले कमेन्ट गर्नु ठीक नभएको भन्दै उनले कमेन्ट पनि सत्यताको नजिक पुग्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?