+
+
Shares

क्रियाशील सदस्यले प्रत्यक्ष नेतृत्व छान्ने व्यवस्थाले मात्रै गुट अन्त्य हुन्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिको साटो क्रियाशील सदस्यले सीधै केन्द्रीय नेतृत्व छान्ने व्यवस्थाका लागि विधान संशोधनको बहस गर्नुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १० गते १८:५१

महामन्त्री थापा
१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रीय नेतृत्व क्रियाशील सदस्यहरूको प्रत्यक्ष मतदानबाट चुनिने व्यवस्थामा जानुपर्ने बताएका छन् ।

सल्यान कांग्रेसको आज भएको जिल्ला सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले क्रियाशील सदस्यहरूको प्रत्यक्ष मतदानबाट नेतृत्व चुनिने व्यवस्थामा गए पार्टीभित्रको गुटबन्दी सदाका लागि अन्त्य हुने बताए ।

‘अहिले क्रियाशील सदस्यले आफूनजिकैको बुथमा गएर बुथ प्रतिनिधिलाई भोट हाल्छ । त्यहाँबाट चुनिएको प्रतिनिधिले त्यसमाथिको लागि हाल्छ, त्यसले माथि गर्दै महाधिवेशन प्रतिनिधि चुनिन्छ र उनीहरूले भोट हालेर केन्द्रीय नेतृत्व चयन हुन्छ,’ महामन्त्री थापाले भने, ‘यसलाई बदलेर लाखौँ क्रियाशील सदस्यले प्रत्यक्ष भोट हालेर सीधै केन्द्रीय नेतृत्व चयन गर्ने व्यवस्थामा जाने हो भने गुट त्यसै दिनबाट सदाको लागि अन्त्य हुन्छ ।’

उनले महाधिवेशनबाट चुनावमा जाँदा कुनै न कुनै समूहमा लाग्नैपर्ने, प्यानल बनाएर चुनाव लड्ने हुनाले पार्टीभित्र त्यो रोगको रूपमा फैलिएको बताए । पार्टी नेतृत्व प्रत्यक्ष निर्वाचनबाट सीधै चयन गर्न विधान संशोधनका लागि बहस गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

‘पार्टीभित्र गुट, समूह रहिरह्यो भनेर सबैले चिन्ता व्यक्त गरेका छन् । मलाई पनि चिन्ता छ । म पनि कुनै समूहसँग मिलेर महाधिवेशनमा लडेको हुन्छ, त्यसैले चाहँदा नचाहँदै पनि गुटबन्दी आउने रहेछ । यो रोगजस्तो भएको छ । यसलाई बदल्न सीधै चुनावमा जाऔं,’ महामन्त्री थापाले भने ।

त्यसरी नेतृत्व चयन गर्दा पार्टीमा नयाँ पात्र आउने, नयाँ प्रवित्ति ल्याउँछ र नयाँ बहसको सिर्जना हुने थापाले बताए । ‘त्यसो गर्न सकियो भने जो सबैको हुन खोज्छ, सबैका लागि राम्रो गर्ने प्रयास गर्छ, तिनै साथीलाई क्रियाशील सदस्यहरूले पार्टीको जिम्मा लगाउने अवस्था आउँछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?