+
+
Shares

फुटपाथमा व्यापार गर्ने ५ जना व्यवसायीलाई रेसुङ्गा नगरपालिकाले गर्‍यो कारबाही

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १० गते १९:२९

१० फागुन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले तम्घास बजारका फुटपाथमा राखिएका व्यापारका सामाग्रीहरू उठाउन थालेको छ ।

व्यवसायीहरूले सडकपेटी भन्दा बाहिरी क्षेत्र मिचेर फुटपाथमा सामाग्री राखेर ट्राफिक व्यवस्थापन र पैदल यात्रीलाई असहज बनाएको भन्दै नगरपालिकाले फुटपाथका सामाग्री उठाएको हो ।

बारम्बार सार्वजनिक सूचना जारी गरेर फुटपाथमा सामाग्री नराख्न आग्रह गरिएको तर केही व्यवसायीहरूले अटेरी गरेपछि बाध्य भएर उठाउनुपरेको रेसुङ्गा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले बताए ।

फुटपाथ नै मिचेर व्यापार गर्ने ५ जना व्यवसायीलाई जरिवानासहित कारबाही गरिएको र १ सय भन्दा बढी व्यवसायीहरूलाई बिक्रीका लागि राखिने सामाग्री आगामी दिनमा आफ्नो क्षेत्र भन्दा बाहिर नराख्न थप सुझाव दिइएको अधिकृत खनालले बताए ।

गुल्मीको जिल्ला सदरमुकाम तम्घास बजारमा सडक साँघुरा छन् । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बजारमा सवारीसाधनको भीड लाग्छ ।

यसका लागि साँघुरा सडकमा केही व्यवसायीले आफ्ना बिक्री प्रयोजनका लागि राखिने सामाग्री फुटपाथमै राख्दा सवारीसाधन आवतजावत र पैदल यात्रुलाई असहजता भइरहेको थियो । व्यवसायीहरूले फुटपाथलाई आफ्ना सामाग्री राख्ने ठाउँ बनाउँदा समस्या भइरहेको थियो ।

फुटपाथ भनेको मानिस हिँड्नका लागि सडक छेउमा रहेको पेटी हो । त्यही पेटीमा व्यवसायीले बिक्रीका समान राख्दा पैदलयात्रीलाई हिँडडुल गर्न समस्या भएको थियो ।

रेसुङ्गा नगरपालिकाले फुटपाथका व्यवसाय गर्ने घुम्ती व्यवसायीलाई जिल्ला प्रहरी कार्यालय गुल्मी अगाडि निश्चित स्थान तोकेको छ । तोकिएको स्थानमा मात्र व्यवसाय गर्न नगरपालिकाले आग्रह गरेको छ ।

रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले गुल्मी उद्योग वाणिज्य, चेम्बर अफ कमर्श र उद्योग संघ गुल्मी लगायत सबैसँग बसेर छलफल गरेर व्यवसायीलाई पटकपटक भनिएको र अटेरी गरेपछि नगरपालिकाले थप कदम अगाडि बढाएको बताए । तम्घास बजारलाई सौन्दर्य बनाउन लागेका कारणले यसमा सबै नागरिकको आ–आफ्नो कर्तव्य रहने उनले बताए ।

उनले सबै मिलेर रेसुङ्गा नगरपालिकाको समुन्नतिका लागि थप आयाम थप्नुपर्ने बताए । नगरपालिका प्रमुख पन्थीले फुटपाथमा व्यवसायीले सामग्री राख्दा सवारीसाधन आवातजावत र पैदल यात्रुलाई राहत मिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?