+
+
Shares
नेकपा एसको बैठकमा विवाद :

केन्द्रीय सदस्यले प्रश्न सोधेपछि माधव नेपालले जंगिँदै भने- मसँग प्रश्न गर्ने हो ?

‘हिजो एमालेभित्र आफ्नो अपमान भयो भनेर तपाईंले भनेपछि हामी तपाईंको पछि लागेका होइनौं ? आज तपाईंले नै गलहत्याएर किन निकाल्नुभयो ?,’ केन्द्रीय सदस्य लामाले अध्यक्ष नेपाललाई प्रश्न सोधेकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १० गते २०:५७
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र केन्द्रीय सदस्य आरती लामा ।

१० फागुन, काठमाडौं । आफूमाथि अन्याय भएको भन्दै केन्द्रीय सदस्यले नेतृत्वलाई प्रश्न सोधेपछि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा तनाव उत्पन्न भएको छ ।

राजधानीमा जारी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन शनिबार केन्द्रीय सदस्य आरती लामाले अनेरास्ववियूको अध्यक्षबाट आफूलाई अन्यायपूर्ण तरिकाले हटाइएको भन्दै बैठकमा विषय उठान गरेकी थिइन् ।

गत माघ दोस्रो साता पार्टी अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशिका–४ जारी गरी युवा संघ अध्यक्ष कृष्णकुमार विश्वकर्मा र अनेरास्ववियू अध्यक्ष आरती लामालाई पदमुक्त गरेका थिए ।

सोही प्रसंग उठाउँदै लामाले दुई दशकभन्दा लामो समय संगठनमा बिताए पनि गलहत्याएर निकालिएको भन्दै नेतृत्वको आलोचना गरेकी थिइन् ।

अध्यक्ष कमरेड हिजो एमालेभित्र रहँदा बोल्न पाइएन, विधि प्रक्रिया मिचियो भनेर हामीले विद्रोह गरेको होइन?,’ पार्टी अध्यक्ष नेपाललाई सम्बोधन गर्दै उनले सोधेकी थिइन्, ‘हिजो एमालेभित्र आफ्नो अपमान भयो भनेर तपाईंले भनेपछि तपाईंले न्याय गर्नुहुन्छ भनेर हामी तपाईंको पछि लागेका होइनौं ? आज तपाईंले नै गलहत्याएर मलाई किन निकाल्नुभयो ?’

‘श्रद्धेय अध्यक्ष्यज्यू यत्रो समय संगठनमा लागेको मूल्याङ्कन यसरी नै हुने हो ?,’ मलाई उत्तर चाहियो भन्दै लामाले प्रश्न गरेपछि नेपाल एक्कासी जंगिएका थिए ।

‘चुप लाग्नुस्, मसँग प्रश्न गर्ने हो ?’ भन्दै अध्यक्षले बोल्न रोकेपछि बैठकस्थल दुई धारमा बाँडिएको थियो । असन्तुष्ट पक्षहरूले केन्द्रीय कमिटी बैठकमा पनि बोल्न नपाए कहाँ बोल्ने भन्दै होहल्ला गरेका थिए भने नेपाल पक्षले बदनियत राखेर नेतृत्वको आलोचना गरेको बताएको भन्दै हल्ला गरेका थिए ।

एक केन्द्रीय सदस्यका अनुसार अध्यक्ष नेपाल जंगिएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले बैठकमा कुरा राख्न पाउनुपर्ने भन्दै लामाको बचाउ गरेका थिए । यस्तै, महासचिव घनश्याम भुसालले पनि अध्यक्षलाई संयमित हुन भन्दै सम्झाएका थिए ।

बैठकमा भएको विवादबारे अनलाइनखबरसँग कुरा गर्दै नेत्री लामाले महाधिवेशनका बेला आफूलगायतका युवा नेताले पुस्तान्तरणको मुद्दा उठाएकाले पूर्वाग्रह राखिएको प्रतिक्रिया दिइन् ।

उनले दुई दशकभन्दा लामो समय योगदान गरेको संगठनबाट सम्मानजनक विदाइ हुनुपर्नेमा अपानीबाट अपमान गर्न खोजिएकोले आफूले त्यसको जवाफ मात्र मागेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?