१० फागुन, काठमाडौं । माउन्टेन मुभर्स र प्लेबक्स खुला बास्केटबल प्रतियोगिताको शनिबार फाइनलमा प्रवेश गरेको छ । माउन्टेन मुभर्स महिलामा र प्लेबक्स पुरुषमा फाइनल प्रवेश गरेका छन् ।
महिलातर्फ ३ टिम मात्र सहभागी प्रतियोगितामा माउन्टेन मुभर्स अपराजित रहँदै फाइनलमा पुगेको हो ।
नखिपोट युथ क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुरद्वारा संयुक्त आयोजित प्रतियोगितामा माउन्टेन मुभर्सले लिगको अन्तिम खेलमा आईएसए नेपाललाई ४७–२८ ले पराजित गर्यो ।
माउन्टेन मुभर्सकी छिरिङ शेर्पाले १२ अंक जोडिन् । शीर्ष स्थानमा रहँदै फाइनल पुगेको माउन्टेन मुभर्सले सुरुका तीन क्वाटरमा लिएको अग्रतानै जितको आधार बन्यो । माउन्टेन मुभर्सले पहिलोमा ८–०, दोश्रोमा १८–८ र तेश्रोमा ११–६ को प्रदर्शन गर्यो । चौथोमा आईएसए नेपालले १४–१० को सान्त्वना अग्रता लिएको थियो ।
लिगको पहिलो खेलमा माउन्टेन मुभर्सले कीर्तिपुरलाई ६८–५२ ले हराएको थियो । लगातार दोश्रो हारसंगै आईएस नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । फाइनलमा माउन्टेन मुभर्सको भेट कीर्तिपुरसंग हुनेछ । कीर्तिपुरले आफ्नो पहिलो लिग खेलमा आईएसए नेपाललाई ५२–४९ ले हराएको थियो ।
नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषतर्फ प्लेबक्स फाइनलमा पुगेको छ । प्लेबक्सले शनिबार भएको सेमिफाइनलमा रोयललाई ८२–६२ ले हरायो । प्लेबक्सको जितमा आशिष महर्जनले सर्वाधिक २४ अंक जोडिन् । अब प्लेबक्सले उपाधिका लागि आर्मीसँग खेल्नेछ । आर्मीले टाइम्सलाई ५७-५२ ले हरायो । निश्चल महर्जनले २३ अंक बनाए ।
फाइनल आइतबार हुनेछ । पुरुषमा पहिलो हुनेले १ लाख र दोश्रोले ५० हजार नगद पुरस्कार पाउने छन् । महिलाको उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुवै समूहको ‘मोस्ट भेलुएबल प्लेयर’ लाई समान २०–२० हजार तथा उदीयमान खेलाडीलाई समान १०–१० हजार नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
प्रतिक्रिया 4