+
+
Shares

डुब्न लागेको घाम बनेका साझा संस्थालाई जोगाइनेछ : मन्त्री अधिकारी

रासस रासस
२०८१ फागुन १० गते २०:१४

१० फागुन, ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले डुब्न लागेको घाम जस्तो बनेको साझा संस्थालाई जोगाउन मन्त्रायले पहल गर्ने बताएका छन् ।

शनिबार यहाँ आयोजित साझा प्रकाशनको २५औँ साधारणसभामा मन्त्री अधिकारीले आफ्नो मन्त्रालयअन्तर्गतका साझा भण्डार, साझा यातायात, साझा सहकारी, साझा स्वास्थ्य र साझा प्रकाशनलाई सबल बनाउन पहल गर्ने बताएका हुन् ।

आर्थिक गतिविधि चलायमान नहुँदा घाटामा गएका पाँच वटै संस्थालाई सबल बनाउन समस्या पहिचान गरी समाधानका विकल्प खोजी गरिने उनको भनाइ थियो ।

‘साहित्य र संस्कृतिको विकास तथा संरक्षणका क्षेत्रमा काम गर्न अग्रजहरूले सुरुआत गर्नुभएका सकारात्मक विषयलाई निरन्तरता दिनु पर्छ । सधैँ सरकारसँग आश्रित भइरहँदा संस्था सबल हुन सक्दैन,’ मन्त्री अधिकारीले भने, ‘साझा प्रकाशन नेपाली जनताले विश्वास गरेको भरपर्दो संस्था थियो । यो विषय अहिले इतिहासमा मात्रै सीमित छ, यसलाई वर्तमान अवस्थाबाट उकास्न नयाँ नेतृत्वले विशेष योजनासहित समस्या समाधानमा ध्यान दिनुपर्छ ।’

उनले भाषा–साहित्य, वाङ्मय र शिक्षाको विकास गर्ने सरकारको नीतिअनुरुप विसं १९७० मा गोरखा भाषा प्रकाशिनी समितिका नाममा स्थापित भई विकास हुँदै २०२१ सालमा स्थापित साझा प्रकाशनलाई सक्षम र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?