
फाइल तस्वीर
१० फागुन, प्युठान । प्युठानको माण्डवी गाउँपालिका–२ रातापानीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । ६० वर्षिय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीया हुकुमा परियार आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।
फागुन ९ गते राति खाना खाएर सुतेका परियार दम्पती बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरी चौकी तिरामलाई खबर गरेका थिए ।
सूचना प्राप्त भएपछि घटनाबारे थप अनुसन्धानका लागि प्रहरीको टोली खटिएको छ ।
घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीका अनुसार मृतक दम्पतीको शरीरमा चोट देखिएकाले घटना शंकास्पद मान्दै अनुसन्धान थालिएको छ ।
घटनाको थप अनुसन्धान गर्न भैरहवाबाट तालिमप्राप्त कुकुर मगाइएको केसीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4