+
+
Shares

हमासबाट थप ६ बन्दी रिहा, विपिन अझै मुक्त भएनन्

विपिनलाई मुक्त गराउन नेपाल सरकारले लगातार कुटनीतिक प्रयास गरिरहेको छ । तर, परिणाम आउन सकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १० गते २१:२०

१० फागुन, काठमाडौं । युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत हमासले यो शनिबार थप ६ बन्धक रिहा गरेको छ । बदलामा इजरायले ६ सयभन्दा बढी कैदी रिहा गर्दैछ ।

गाँजाका विभिन्न स्थानबाट हमासले ६ बन्धकलाई रेडक्रसको जिम्मा लगाएको हो । उनीहरू सबै इजरालय पुगिसकेका छन् ।

युद्धविराम सम्झौता कार्यान्वयन भएयता हमासले प्रत्येक शनिबार बन्दी रिहा गर्दै आएको छ । तर, इजरायलबाट हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशी अझै रिहा भएका छैनन् ।

विपिनलाई मुक्त गराउन नेपाल सरकारले लगातार कुटनीतिक प्रयास गरिरहेको छ । इजरायल–हमासबीच युद्धविराम सम्झौता गराउन महत्वपूर्ण भूमिका खेलेको कतारदेखि इजरायल, जोर्डनका अधिकारसम्मलाई विपिन रिहाइको पहल गर्न नेपालले लगातार आग्रह गरिरहेको छ । तर, परिणाम आउन सकेको छैन ।

यो शनिबार हिशाम, एलिया कोहेन, ओमेर शेम तोभ, ओमेर वेन्कर्ट, एवेरा मेन्गिस्टु र ताल शोहम रिहा भएका हुन् । एलिया कोहेन, ओमेर शेम तोभ, ओमेर वेन्कर्टलाई मध्य गाजाको नुसेरातबाट रिहा गरिएको थियो । एवेरा मेन्गिस्टु र ताल शोहमलाई दक्षिणी गाजाको रफाहमा रिहा गरिएको हो ।

यसबीच, यो शनिबार रिहा भएका ६ बन्दीले परिवारसँग भेट गरेका छन् । १५ महिनाभन्दा लामो समयपछि परिवारका सदस्यसँगको पुनर्मिलनका दृष्ट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् ।

बदलामा इजरायलले ६०२ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने तयारी गरेको प्यालेस्टिनी कैदीहरूको मिडिया कार्यालयले जनाएको छ ।

युद्धविराम सुरु भएदेखि यो एकै पटकमा भएको सबैभन्दा ठूलो रिहाइ हो, किनभने बिहीबार मारिएका बन्धकहरूलाई हस्तान्तरण गर्ने क्रममा कुनै प्यालेस्टिनीहरूलाई रिहा गरिएको थिएन ।

प्यालेस्टिनी कैदीहरू लिन रेड क्रसका गाडीहरू अफर जेलबाहिर प्रतिक्षारत छन् ।

आज रिहा हुन लागेका मध्ये करिब एक सयजना विभिन्न समयमा इजरायलीहरूको हत्या लगायतका गम्भीर अपराधका लागि लामो वा आजीवन कारावासको सजाय सुनाइएका कैदी भएको बताइएको छ ।

गत ७ अक्टोबरमा हमासले इजरायलको सीमाभित्र प्रवेश गरेर १२ सयभन्दा बढीको हत्या गरेको थियो भने दुई सय ५१ जनालाई बन्दी बनाएको थियो । त्यसपछि युद्ध थालेको इजरायलले पनि हजारौँ प्यालेस्टिनीलाई नियन्त्रणमा लिएको थियो ।

तीमध्ये ४५ वर्षदेखि इजरायलको जेलमा रहेका नेल बरघौतीसमेत रहेको समाचार संस्थाहरूले जनाएका छन् । उनी सन् १९७८ मा इजरायली बस चालकको हत्या गरेको आरोपमा पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?