+
+
Shares

ताप्लेजुङको फुङलिङ बजारमा तनाव : आन्दोलनकारी र प्रहरीबीच झडप

सर्वसाधरणकै घरमा आगोको राँको फालेपछि तनाव बढ्यो : सहायक सीडीओ

आन्दोलनकारीहरूले फुङलिङ बजारमा सर्वसाधरणकै घरमा राँकोहरू फाल्न थालेपछि अवस्था तनावग्रस्त बन्न पुगेको ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १० गते २२:१०

१० फागुन, काठमाडौं । ताप्लेजुङको फुङलिङ बजारमा ‘नो केबुलकार’ समूह र प्रहरीबीच झडप भएको छ । झडपले ताप्लेजुङको फुङलिङ बजारमा तनाव बनेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार झडपमा परेर केही प्रहरी पनि घाइते भएका छन् ।

आन्दोलनकारी पक्षका व्यक्तिहरूले फुङलिङ बजारमा सर्वसाधारणकै घरमा आगोका राँको फाल्न थालेपछि अवस्था तनावग्रस्त बन्न पुगेको उनले बताइन् ।

‘आन्दोलनकारी पक्षका मान्छेहरू आज पदयात्रा गरेर बजारतिर झर्नुभएको रहेछ । त्यसपछि शान्तिपूर्ण रुपमा कोणसभा गर्ने भनेर उहाँहरूले भन्नुभएको थियो,’ सहायक सीडीओ खड्काले अनलाइनखबरसँग भनिन्, ‘तर, कोणसभा नगरी राँके जुलुस गर्नुभयो । त्यो राँको पनि सर्वसाधरणको घरमा फाल्न थाल्नुभयो । सोही क्रममा प्रहरीले प्रतिवाद गरेको हो ।’

प्रहरी सुरक्षाकर्मीको तर्फबाट ५/६ जना घाइते भएको र अन्य विवरण लिने क्रम जारी रहेको उनले बताइन् ।

‘नो केवलकार’ अभियानका समर्थकहरूले मलास जुलुससहित प्रदर्शन गरेको र सुरक्षाकर्मीले बलिरहेको राँको नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार राँकेजुलुसका क्रममा प्रदर्शनकारीले विरेन्द्र चोकमा प्रहरी र नागरिकको घरमा आगो फालेका हुन् । घटनापछि प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको उनले बताए ।

नो केबलकार पक्षले राँकेजुलुस निकाल्न लागेको प्रहरीलाई जानकारी थिएन् । एक्कासी राँके जुलुससहित टोली निस्किएपछि वीरेन्द्र चोकमा कोणसभा गर्न खोजेका थिए ।

प्रहरीले उनीहरूले बोकेको राको निभाउने प्रयास गरेको थियो । सोही क्रममा प्रदर्शनकारीले प्रहरीलाई लक्षित गर्दै आगो फालेका थियो । सो आगो वीरेन्द्र चोकको केही घरमा पुगेको थियो । घरमा पुगेको आगो घरका बासिन्दाले निभाएका थिए ।

प्रदर्शनकारीले घरमा आगो फालेपछि अवस्था तनावपूर्ण बनेको थियो । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार आगो फाल्ने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘नागरिकको घरमा र प्रहरीमाथि आगो फालेका छन्,’ उनले भने,‘ केही नियन्त्रणमा छन, कतिजना छन् भन्ने पूरै विवरण मसँग आइसकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?