१० फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को शनिवार मिनी अक्सन सम्पन्न भयो । क्याटेगोरी ए र बी का लागि मात्र भएको अक्सनमा जम्मा ६० खेलाडी मात्र समावेश गरिएको थियो ।
त्यसमा राष्ट्रिय टिममका खेलाडीदेखि राष्ट्रिय टिमबाट खेलिसकेका र उमेर समूह समूहको राष्ट्रिय टिमका खेलाडी समेत समावेश थिए ।
तर भाग्य सबैको हुँदैन भनेजस्तै केही चर्चित अनुहारहरु अक्सनमा ‘अनसोल्ड’ भए । उनीहरु सुरुवाती चरणमा अनसोल्ड भएपनि विसलिस्टमा पछि कुनै टोलीले लिने अपेक्षा थिए । तर कसैले पनि ति खेलाडीमा बोली लगाएनन् ।
अनसोल्ड हुने चर्चित तीन नामहरु त्रिभुवन आर्मी क्लबलाई सँगै फुटबल खेल्ने खेलाडीहरु हुन् । त्यसमा भरत खवास, विकेश कुथु र नवयुग श्रेष्ठ रहे । आफ्नो जमानामा यी तीनै खेलाडी राष्ट्रिय टिममै स्टारको रुपमा थिए ।
विकेश कुथुले आफ्नै कप्तानीमा काठमाडौं रेजर्सलाई एनएसएलको च्याम्पियन समेत बनाएका थिए । विकेशसँगै भरत र नवयुग पहिलो संस्करणको मार्की खेलाडी समेत हुन् । विकेश दोस्रो सिजन समेत इलामको मार्की खेलाडी थिए । तर तेस्रो संस्करणसम्म आइपुग्दा यी खेलाडीमा कसैको नजर परेन ।
यसपटक भरत र विकेश क्याटेगोरी ए मा थिए भने नवयुग क्याटेगोरी बी मा ।
यस्तै क्याटेगोरी ए बाट अनसोल्ड भएका अर्का खेलाडी हुन गोलकिपर विशाल सुनार । उनी राष्ट्रिय टिमका सदस्य समेत हुन् । ललितपुर सिटी एफसी र एफसी चितवनबाट खेलिसकेका विशाललाई पनि कसैले नजर लगाएनन् ।
क्याटेगोरी ए मा अक्सनका लागि १५ खेलाडी समावेश भएकोमा सुरुमा ११ खेलाडी सोल्ड हुँदा चार खेलाडी अनोल्ड भएका थिए । सुरुमा अनसोल्ड भएका अर्का गोलकिपर दिप कार्की भने पछि विसलिस्टबाट बुटवल लुम्बिनीमा पुगे । दिप कार्कीसहित ५ खेलाडी विसलिस्टमार्फत विभिन्न टिममा पुगे ।
अक्सनमा अनसोल्ड भएका सूचीमा यसअघि एनएसएल खेलिसकेका खेलाडीहरु समेत छन् । जसमा राजेश परियार, राजिव लोप्चन, सत्रुघन चौधरी जस्ता खेलाडी छन् ।
समग्रमा १६ खेलाडी भने अनसोल्ड भए ।
यी हुन् अक्सनमा अनसोल्ड भएका खेलाडीहरु
नवयुग श्रेष्ठ फरवार्ड
विकेश कुथु किपर
राजिव लोप्चन फरवार्ड
निर्मल बल डिफेण्डर
हरि कार्की मिडफिल्डर
लक्षु थापा मिडफिल्डर
भरत खवास फरवार्ड
युवराज खड्का फरवार्ड
विक्रम तामाङ डिफेण्डर
सत्रुघन चौधरी किपर
रेजिन सुब्बा मिडफिल्डर
राजेश परियार फरवार्ड
पुजन होना किपर
अनिल भोम्जन मिडफिल्डर
विशाल सुनार किपर
आशिष राई मिडफिल्डर
प्रतिक्रिया 4