+
+
Shares

नवलपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते ९:४५

११ फागुन, गैंडाकोट । पूर्वी नवलपरासी (नवलपुर)को विनयी त्रिवेणी गाउँपालिका ३ मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

ना १ क ९१२९ नम्बरको टिपर शनिबार अपराह्न सडक छेउँमा पल्टिँदा मकवानपुरको बागमती गाउँपालिका ६ फापरबारीका ३२ वर्षीय नरबहादुर बाइवाको मृत्यु भएको हो । उनी सोही टिपरका चालक हुन् । टिपरले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार पाल्पाबाट चुनढुंगा बोकेर नवलपुरको विनयी त्रिवेणी–१ स्थित होङ्सी सिमेन्ट उद्योगतर्फ आउने क्रममा टिपर अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ का २४ वर्षीय सुनिल सार्की, २३ वर्षीय दीपक सुनार र पर्साको वीरगञ्ज उपमहानगरपालिकाका ताज महमद हावारी घाइते भएका छन् ।

उनीहरु स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?