+
+
Shares

‘होस्टेल ३’को ट्रेलर नेपाल र भारतसहित १३ देशमा युट्युब ट्रेन्डिङमा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १०:३५

काठमाडौं । नेपाली फिल्म ‘होस्टेल ३’को ट्रेलरले युट्युब प्लाटफर्ममा लोभलाग्दो अन्तर्राष्ट्रिय उपस्थिती पाएको छ । आइतबार बिहानसम्म ट्रेलर १३ मुलुकको युट्युब ट्रेन्डिङमा (मूभिज खण्डतर्फ) स्ट्रिमिङ छ ।

नेपालसहित कतार र साउदी अरबमा ट्रेन्डिङको शीर्षस्थानमा छ । भारतमा ३०, पोर्चुगलमा ३, रोमानियामा ५, युएईमा ३, जापानमा ५, अस्ट्रेलियामा ३, माल्टामा ४, मलेसियामा ८, दक्षिण कोरियामा १३, बेलायतमा २० औं स्थानमा ट्रेलर छ ।

नेपाली र नेपालीभाषीको बाक्लो बसोबास रहेका यी मुलुकमा ट्रेलरले दर्शक पाएको हो । आइतबार बिहान १० बजेसम्म ट्रेलरको कूल भ्यूज १४ लाखभन्दा धेरै छ ।

ट्रेलरले कलेज तथा होस्टेल जीवनका अनुभव, रमाइला क्षण र चुनौतीपूर्ण परिस्थितिलाई दर्शाएको छ । शीर्ष भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत छन् ।

चलचित्रको निर्देशन सशान कँडेल ‘सन्तोष’ले गरेका छन्, जो दुई दशकदेखि सङ्गीत र म्युजिक भिडियो निर्देशनमा सक्रिय छन् । निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् । सहनिर्मातामा शिशिर ज्ञवाली, अनिश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् ।

‘होस्टेल ३’ फागुन २३ मा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?