+
+
Shares

बिहेपछि राज र सुनिशा भन्दैछन्– ‘छ कि छैन मञ्जुरी ?’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १०:५२

काठमाडौं । राज आचार्य र सुनिशा बजगाईं बिहेपछि पहिलो म्युजिक भिडियोमा देखिएका छन् ।

उनीहरु राजनराज शिवाकोटी र भूमिका गिरीले गाएको ‘छ कि छैन मञ्जुरी’ बोलको गीतको म्युजिक भिडियोमा देखिएका हुन् ।

तीतो सत्य हाँस्य टेलिसिरियलमा बालकलाकारको भूमिका निर्वाह गरेदेखि चर्चित भएका राज आचार्य र सुनिशाको बिहे २०७९ सालमा भएको थियो ।

राजनराज शिवाकोटी र भूमिका गिरीको पहिलो सहकार्यको गीतमा राज र सुनिशा पनि बिहेपछि पहिलोपटक फिचर्ड भएका हुन् ।

राजेन्द्र थापाले लेखेको ‘छ कि छैन मञ्जुरी’ गीतका शब्दमा राजनराज शिवाकोटीको संगीत छ । देवेश राईको संगीत संयोजन र श्यामश्वेत रसाइलीको मिक्सिङ छ ।

कोरियोग्राफी तथा निर्देशन गम्भीर विष्टले र छायांकन दिनेश पराजुलीले गरेका छन् । भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका छन् ।

भूमिका गिरीको अफिसियल युट्युब च्यानलबाट चार दिन अघि सार्वजनिक भएको गीतको भिडियोमा राज र सुनिशा वडा सचिव र सदस्यको भूमिका देखिएका छन् ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म भिडियोले एक लाख बढी भ्युज पाइसकेको छ । अहिले यो गीत युट्युबको ट्रेन्डिङमा देखिएको छ ।

लोक गायिका भूमिकाका गीत तडकभडकभन्दा टाढा छन् । ‘छ कि छैन मन्जुरी’ बोलको गीत पनि शालीन खालको छ । एक वर्षपछि नयाँ गीत सार्वजनिक गरेको बताउँदै उनले दर्शक तथा स्रोताको सकारात्मक प्रक्रिया पाइरहेको बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?