+
+
Shares

प्युठानमा मृत भेटिएका दम्पतीको हत्या भएको खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते ११:०२

११ फागुन, काठमाडौं । प्युठानमा मृत अवस्थामा भेटिएका दम्पतीको हत्या भएको खुलेको छ ।

मृत भेटिएको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान गरेको प्रहरीले हत्या भएको निष्कर्ष निकालेर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दिपेश बस्यालले मृत फेला परेका दम्पत्तिको हत्या भएको खुलेको बताए ।

शनिबार दिउँसो साढे १२ बजेतिरको समयमा माण्डबी गाउँपालिका–२ रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीय हुकमा परियार मृत अवस्थामा फेला परेको भन्दै प्रहरीलाई खबर आएको आएको थियो ।

छिमेकीले टेलिफोनमार्फत जानकारी गराएपछि स्थानीय प्रहरी चौकी तिरामबाट प्रहरी खटिएको थियो । पछि जिल्लाबाट डीएसपी बस्यालको टिम अनुसन्धानका लागि खटिएको थियो । अनुसन्धानको क्रममा टाउकामा प्रहार गरेर विभत्स तरिकाले हत्या गरेको देखिएको डीएसपी बस्यालले बताए ।

घटनाको अनुसन्धान जारी रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?