१० फागुन, काठमाडौं । तेस्रो साबा वुमन्स बास्केटबल च्याम्पियनसिप आजेदखि भारतको नयाँ दिल्लीमा सुरु हुँदैछ । तीन राष्ट्र सहभागि च्याम्पियनसिपको पहिलो खेलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपाल र घरेलु टोली भारतबीचको खेल केडी जादभ इन्डोर स्टेडियममा साँझ नेपाली समय अनुसार ६:१५ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा नेपाल र भारतसहित माल्दिभ्स पनि सहभागि छ ।
दोस्रो संस्करण भएको साँढे दुई वर्षपछि साबा वुमन्स च्याम्पियनसिपको तेस्रो संस्करण हुन लागेको हो । नेपाल लगातार तेस्रो पटक खेल्दैछ भने भारत पहिलो पटक खेल्न लागेको हो । यसअघि दुवै संस्करणको उपाधि जितेको श्रीलंका भने यस पटक सहभागि छैन ।
प्रतिक्रिया 4