
११ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ । तर, चाँदीको भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको हो । आज १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार गत शुक्रबार १ हजार घटेर तोलाको १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार १ लाख ७१ हजार थियो ।
त्यसैगरी चाँदीको भाउ आज आइतबार २० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ७० मा कारोबार भइरहेको छ । गत शुक्रबार तोलाको १ हजार ९ सय ९० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4