११ फागुन, काठमाडौं । गोदावरी नगरपालिकाको प्रायोजनमा सम्पन्न प्रथम बज्रबाराही अन्तर काठमाडौं भ्याली बुद्धिचाल प्रतियोगितामा मनकामना सेकेण्डरी स्कूलका छात्र प्रतिक सुवेदीले उपाधि जितेका छन्।
गोदावरी नगर बुद्धिचाल संघको आयोजनामा सञ्चालन भएको ७ चरणको खेलमा ६.५ अंक जोडेर विजय बनेका हुन्। पुष्पसदनका हार्दिक पन्त ६ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो भएका छन् भने एक्सेलसर स्कूलका श्रीजित श्रेष्ठ तेस्रो भएका छन्।
समान ६ अंकका पेभेलियन चेस एकेडेमीका अग्रिम शैंजु चौथो, फ्लोसेण्ट स्कूलका जेसिक मैनाली पाँचौ स्थानमा रहे। यस्तै पेभेलियन चेस एकेडेमीका ओस्कर पन्थि, त्रियोग हाइस्कूलका आभाष रिमाल, आदर्श सौल स्कूलका श्याम उज्वल महर्जन, हिमालयन चेस एकेडेमीका सात्विक मान तुलाधर र पेभेलियन चेसका सोशम श्रेष्ठ क्रमशः दशौं स्थानमा रहेका छन्।
यसैगरी छात्रातर्फ मेधा सेकेण्डरी स्कुल, भक्तपुरकी यशस्वी शर्माले ६.५ अंक जोडेर पहिलो स्थान प्राप्त गरेकी छिन्। ग्रीनहिल स्कूलकी एञ्जल महर्जनले ६ अंक जोडेर दोस्रो भइन् । अन्नपूर्ण उच्च माविकी ओजश्वी श्रेष्ठ ५.५ अंक बनाएर तेस्रो स्थानमा रहिन् ।
मनकामना स्कूलकी प्रिसियस् अधिकारी, मनकामना सेकेण्डरीकी संस्कृति गजुरेलले समान ५ अंक प्राप्त गर्दै क्रमशः पाँचौ स्थानमा रहिन्। श्री श्रृंगेरी उच्च माविकी इशा घिमिरे ४.५ अंक छैटौं , बालकुञ्जकी इन्शु ओलि, प्रेरणा विद्याश्रीकी अलिषा महर्जन,सिरियस स्कूलकी अनुजा घर्ती, प्रकृति राई दशौं स्थानमा रहिन्।
गोदावरी नगरवाट बज्र एकेडेमीका बिभव जोशी, लालिगुरास स्कूलका विभिन गुरुङ र विराट जंग शाही क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन्। महिलातर्फ लालिगुरासकी कामना थापामगर, किटिनिकी नन्दलक्ष्मी खड्का र पेरिशा पहरी क्रमशः पहिला, दोस्रो र तेस्रो भए।
प्रतियोगितामा काठमाडौं उपत्यकाका ६० विद्यालयका गरी कूल १२० जना विद्यार्थी सहभागी थिए ।
प्रतिक्रिया 4