+
+
Shares

‘लाज शरणम्’लाई प्रदर्शन अनुमति, प्रचारप्रसारको बाटो खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १२:१५

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘लाज शरणम्’लाई प्रदर्शन अनुमति दिएको छ । बोर्ड अध्यक्ष गजेन्द्र ठाकुरले आइतबार बिहान फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेका छन् ।

बोर्डले फिल्मको रनटाइम २ घण्टा ४० मिनेट ५२ सेकेन्ड तय गरेको छ । समिति सदस्य ऋषिराज आचार्यले केही दृश्य सच्याउँदै फिल्मलाई प्रदर्शन अनुमति दिइएको बताए ।

फिल्म निर्माता कम्पनी जेपिटी क्रिएसनका प्रमुख तथा कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले फागुन १४ मा रिलिजका लागि बाटो खुलेको बताए ।

सेन्सर बोर्ड अध्यक्ष ठाकुरले पाटन उच्च अदालतले अहिलेसम्म आफूहरूलाई निर्णयबारेको जानकारी नमागेको तर मागेको खण्डमा कानुनअनुसार दिने बताए ।

पाटन उच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद आचार्यले सेन्सर बोर्ड मुद्दामा विपक्षी नभएकाले अदालतलाई यसबारे जानकारी दिइरहनु नपर्ने बताए ।

गतसाता पूर्वमन्त्री अफ्ताव आलमले फिल्मको चरित्र चित्रणमा आपत्ति जनाउँदै रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाई गर्दै अदालतले सेन्सर अघि फिल्मको प्रचारप्रसारमा रोक लगाएको थियो । सेन्सर बोर्डको निर्णयसँगै प्रचारप्रसारको बाटो खुलेको छ ।

कुमार कट्टेल निर्देशित फिल्म शिवरात्री अवसरमा फागुन १४ मा प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?