+
+
Shares

मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १२:३६
तस्बिरः सुशीलबाबु थकाली/रासस

११ फागुन, काठमाडौं । हिन्दु तथा बौद्धमार्गीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ यसवर्षकै पहिलो हिमपात भएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको मुक्तिनाथ हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा पर्दछ ।

त्यहाँका स्थानीयले लामो समयको अन्तरालपछि मुक्तिनाथ क्षेत्रमा यस वर्षकै पहिलोपटक हिमपात भएको बताएका छन् । हिउँदको अन्तिममा शनिबार परेको हिमपातपश्चात् मुक्तिनाथ क्षेत्र हिउँले सेताम्मे हिउँले देखिएको छ ।

यसैगरी आज मुस्ताङ प्रवेश गरेका आन्तरिक तथा बाह्य पर्यटकहरु हिउँमा रमाउन पाउँदा खुसी भएका छन् । साथै मुक्तिनाथ व्यवस्थापन समितिले पर्यटकको सुरक्षा र व्यवस्थापनका निम्ति सक्रियता देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?