
११ फागुन, काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरूका लागि ‘तथ्य पुस्तिका’ बनाएको छ ।
हालै प्रकाशित पुस्तिकामा संघीय संसद सम्बन्धी तथ्यांकहरू, सामाजिक र आर्थिक तथ्यांकहरू राखिएका छन् । विविध क्षेत्रका तथ्यांक तथा सूचकहरू समेत समेटिएका छन् ।
तथ्य पुस्तिका प्रकाशन समितिमा संसद सचिवालयकी सहसचिव निर्मलादेवी लामिछाने (वस्ती), उपसचिव विकास बोहरा, राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक शिव श्रेष्ठ र शाखा अधिकृत निरज दाहाल छन् ।
संसद सचिवालयकी सहसचिव लामिछाने सांसदहरूलाई सहयोग गर्ने उदेश्यले पुस्तक निकालिएको बताउँछिन् । उनी भन्छिन्, ‘माननीयहरूलाई तथ्य तथ्यांक बुझ्न र खोज्न सजिलो होस् भनेर पुस्तक बनाइएको हो ।’
यो पुस्तक वर्षैपिच्छे निकाल्ने तयारी छ । ‘वर्षैपिच्छे अपडेट गर्दै निकाल्ने तयारी छ’, उनी थप्छिन्, ‘पुस्तकको प्रमुख उदेश्य– सांसदहरूलाई संसदमा बोल्न, तथ्यांकीय विश्लेषण गर्न सजिलो होस्, संसद्मा व्यक्त हुने डेटा तथ्यमा आधारित होस् भन्ने छ ।’
प्रतिक्रिया 4