+
+
Shares

जेनिफर लोपेज र बेन एफलेक कानूनीरुपमै अलग

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १३:३०

लस एन्जलस । पपस्टार जेनिफर लोपेज र हलिउड अभिनेता बेन एफलेकबीच औपचारिकरुपमा सम्बन्धविच्छेद भएको छ । यी दुईले ६ जनवरीमा काउन्टी अदालतमा सम्बन्धविच्छेदका लागि आवेदन दिएका थिए ।

अदालतले २१ फेब्रुअरीमा जोडी अलग भएको निर्णय सुनाएको हो । पहिलोपटक पिपुल म्यागजिनले हाइप्रोफाइल सेलेब्रिटीको खबर बाहिर ल्याएको हो । लोपेज र एफलेकले सन् २०२२ मा लस भेगासमा विवाह गरेका थिए ।

त्यसपछि सोही वर्षको अगस्ट २० मा साथीभाइ र परिवारको उपस्थितीमा जर्जियामा विवाह गरेका थिए । जर्जियामा विवाह गरेको ठीक २ वर्षपछि लोपेजले सम्बन्धविच्छेदको मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा कुन कारणले अलग हुन खोजेकी हुन् भन्ने खुलाइएको छैन ।

सन् २०२४ को मेट गालामा लोपेज एक्लै उपस्थित भएपछि यी दुईको सम्बन्धलाई लिएर चलिरहेको हल्ला चर्किएको थियो । अलग भएपछि लोपेज र एफलेकले एकअर्काबीच सौहाद्र्धपूर्ण सम्बन्ध राखेको देखिन्छ । उनीहरू पारिवारिक समारोहमा पनि एकसाथ देखिँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?