+
+
Shares
विनय र सुपुष्पासँग ओके छ त ! :

सुपुष्पा भन्छिन् : आँचलको फिगर चोर्न मन छ (भिडियो)

‘अमेरिका मोह’को कथावस्तुमा बनेको फिल्ममा विनयले रेशम नामक पात्रको भूमिका निर्वाह गरेका छन् । पहिलोपटक स्क्रिन सेयर गरेका विनय र सुपुष्पाले यसैसाता अनलाइनखबरसँग रमाइलो गफगाफ गरे । साथै, फिल्मबारे जानकारी पनि गराए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १५:३३

काठमाडौं । विनय श्रेष्ठ र सुपुष्पा भट्ट स्टारर ‘फेरि रेशम फिलिली’ बुधबारदेखि देशभर प्रदर्शन तयारीमा छ । दशकअघिको हिट फिल्म ‘रेशम फिलिली’को मुख्य पात्र रेशमको कथावस्तु पेश गरिएको फिल्म गीत र ट्रेलरले अहिले चर्चामा छ ।

‘अमेरिका मोह’को कथावस्तुमा बनेको फिल्ममा विनयले रेशम नामक पात्रको भूमिका निर्वाह गरेका छन् । पहिलोपटक स्क्रिन सेयर गरेका विनय र सुपुष्पाले यसैसाता अनलाइनखबरसँग रमाइलो गफगाफ गरे । साथै, फिल्मबारे जानकारी पनि गराए ।

विनयले ‘रेशम फिलिली’को अधुरो अन्त्यलाई ‘फेरि रेशम फिलिली’ले पुरा गरेको बताए । यसको अर्थ, अघिल्लो फिल्मसँग यसमा समावेश कथावस्तुको सम्बन्ध छ ।

‘यो फिल्म युवाको कथामा आधारित छ । एकजना युवा सपना पुरा गर्न अमेरिका जानको लागि कतिसम्म संघर्ष गर्छ भन्ने विषयमा यो फिल्म बनाइएको हो’ उनले भने, ‘रेशम फिलिलीको कथा अन्त्य भएको थिएन, फिल्मको अन्त्यमा के भयो भन्ने कुरा खुलाइएको थिएन । त्यसैले त्यसै कथालाई पुरा गर्नको लागि फेरी रेशम फिलिली बनाइएको हो ।’

दोस्रो श्रृंखला हेर्न धेरै दर्शक इच्छुक रहेको आफूले पाएको विनयले बताए । फिल्मको मुख्य आकर्षणको बारेमा विनयले भने, ‘फिल्मको मुख्य पाटो यसको कमेडी र कथा हो । रमाइलो क्यारेक्टर प्रस्तुत गरिएको फिल्म अहिलेको समाजसँग जोडिएको छ, जसले गर्दा फिल्म राम्रो चल्ने आशा छ ।’

सुपुष्पाले पनि विनयसँग काम गर्न पाउँदा प्रेरित महसुस गरेको बताइन् । यी दुईले को–एक्टरको रुपमा एकअर्काको प्रशंसा गरे । ‘विनय दाईको साथ काम गर्दा धेरै कुरा सिक्ने अवसर पाएको छु । उहाँको पात्रप्रतिको लगाव र मेहनतले मलाई प्रेरणा दिएको छ’ उनले भनिन्, ‘मैले जब सुने कि मेरो पात्र फिल्ममा सामेल गरिएको छ, म अत्यन्त खुसी भएँ । विनय दाईसँग काम गर्न पाउँदा धेरै खुसी छु ।’

सिक्वेल निर्माणमा निर्माता र कलाकारमा हेरफेर भएकोबारे विनयले भने, ‘दोस्रो श्रृंखला भएपनि, कथामा पात्र फरक छन् । पहिलो फिल्मका पात्र अहिले कहाँ छन् भन्ने कुरामा आधारित रहेर यो फिल्म बनाइएको हो । निर्माण टिम फरक भए पनि, छायांकन सहज तरिकाले सम्पन्न भयो । म खुसी छु ।’

विनय पनि रोमान्टिक देखिए

सामाजिक कथावस्तुलाई चित्रण गरेपनि ‘रेशम फिलिली’ रोमान्टिक फिल्म समेत हो । रोमान्टिक र कमेडी शैलीमा पेश गरिएको फिल्मको कथावस्तु दर्शकलाई रुचिकर हुने निर्माताको भनाइ छ ।

को-एक्टरको रुपमा सुपुष्पालाई पाउँदा आफू खुसी रहेको विनयले बताए । वैवाहिक जीवन राम्रोसँग चलेको बताउँदै उनले ड्याडीको ड्युटी निर्वाह गरिरहेको बताए ।

उनलाई घरेलु फिल्मका केही चलेका कलाकारको नाम लिँदा के कुरा सम्झिनुहुन्छ भनेर सोधिएको थियो । राजेश हमालको नाम लिँदा ‘पर्सनालिटी’, दिलिप रायमाझीको नाम सुन्दा ‘नाच्ने कला’, अनमोल केसीको नाम सुन्दा ‘हेयर स्टाइल’, सौगात मल्लको कुरा सुन्दा पात्रप्रतिको लगाव, निखिल उप्रेतीबारे कुरा सुन्दा एक्सन कला र प्रदीप खड्का सुन्दा ‘कन्भिसिङ’ लाग्ने उनले बताए ।

सुपुष्पाले पनि कलाकारबारे आफ्नो धारणा राखिन् । अभिनेत्री आँचल शर्माको फिगरको प्रशंसा गर्दै उनले भनिन्, ‘मिल्छ भने आँचलको फिगर चोर्ने थिएँ ।’ प्रियंकाकी छोरी आयंका क्युट लाग्ने उनले बताइन् । रेखा थापाको एक्सन स्किल मनपर्ने उनले बताइन् । स्वस्तिमा खड्काको ‘डान्स स्किल’ मनपर्ने उनले बताइन् । दिब्या रायमाझी ब्युटी र सृष्टि श्रेष्ठ शान्त लाग्ने उनले बताइन् ।

सुपुष्पाले आफ्नो म्यारिड लाइफ राम्रोसँग चलिरहेको बताउँदै श्रीमान र आफू फिल्म क्षेत्रमै भएकाले काम गर्न खुसी लागिरहेको समेत बताइन् । ‘रेशम फिलिली’ पनि २,३ पटक हेरेको बताउँदै उनले यो फिल्मको लिगेसी र चार्म बेग्लै रहेको भन्दै प्रशंसा गरिन् ।

तस्वीर : शंकर गिरी
दृश्य सम्पादन : नवराज महरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?