+

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा लेबनानको सान्त्वना जित

२०८१ फागुन  ११ गते १५:५८ २०८१ फागुन ११ गते १५:५८
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा लेबनानको सान्त्वना जित

११ फागुन, काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा लेबनानले सान्त्वना जित हासिल गरेको छ । आइतबार भएको खेलमा लेबनानले कीर्गिस्तानलाई २-० गोलअन्तरले हराएको हो ।

लेबनानको जितमा क्रिस्टी मालूफ र मे रोज मन्हाले एक-एक गोल गरे । दुवै गोल पहिलो हाफमा भएका थिए । किर्गिस्तानले भने प्रतियोगितामा गोलको खाता खोल्न सकेन ।

१३औं मिनेटमा मालूफले गोल गर्दै लेबनानलाई अग्रता दिलाएकी थिइन् । २२औं मिनेटमा मान्हाले गोल गर्दै अग्रता दोब्बर पारिन् । त्यसपछि थप गोल हुन सकेन ।

लेबनान पहिलो खेलमा म्यानमारसँग ३-१ तथा दोस्रो खेलमा नेपालसँग १-० ले पराजित भएको थियो । कीर्गिस्तान नेपालसँग १-० तथा म्यानमारसँग ५-० ले पराजित भएको थियो ।

आजै साँझ समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय