+
+
Shares

उत्तम, नाजिर र वर्षाले बौद्धबाट थाले ‘कल्ली’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १५:५८

काठमाडौं । फिल्म ‘कल्ली’को छायांकन आइतबारदेखि सुरु भएको छ । बौद्धस्थित एक घरबाट छायांकन थालिएको हो । केही दिनसम्म काठमाडौंमा खिचिएपछि बाँकी भाग जुम्लामा खिचिनेछ ।

३५ दिन लामो छायांकन सेड्यूल लिएर निर्देशक लक्ष्मण सुनारले छायांकन थालेका हुन् । पहिलो दिन कलाकार उत्तम प्रधान, नाजिर हुसेन र वर्षा राउतका भागको दृश्य खिचिएको छ ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन रहेको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।

फिल्ममा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी र बेगम नेपालीको पनि अभिनय हुनेछ ।

फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । निसाल पौडेलले यो फिल्मको छायांकन गरिरहेका छन् । १३ वर्षपछि फिल्म क्षेत्रमा कमब्याक गर्न लागेका अभिनेता उत्तम प्रधान उत्साहित देखिए ।

उनले भने- ‘यो फिल्मको कथावस्तु मलाई निकै मनपर्‍यो । मैले यसअघि गरेका फिल्मको भन्दा भिन्न भूमिका रहेकाले काम गर्न लागेको हुँ । मलाई यो बिचमा थुप्रै फिल्मबाट अफर पनि आएको हो । तर, आफ्नो भूमिका नै चित्त नवुझेका कारण मैले फिल्ममा काम गरिनँ ।’

सेटमा भेटिएका नाजिर र वर्षाले आफूहरु श्रीमान श्रीमतीको भूमिकामा देखिन लागेको बताए । प्रदर्शन मिति तय गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?