+
+
Shares

‘सीआइडी’को दोस्रो सिजन नेटफ्ल्क्सिमा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १६:५३

काठमाडौं । नेटफ्ल्क्सिले भारतको लोकप्रिय क्राइम थ्रीलर टिभी शो ‘सीइआडी’को दोस्रो सिजनको स्ट्रिमिङ सुरु गरेको छ । विश्वचर्चित लोकप्रिय ओटीटी प्लाटफर्ममा आफूलाई मनपर्ने शो आएपछि फ्यान उत्साहित छन् ।

अभिजितको ‘कुछ तो गडबडी हो’ र दया पात्रको ‘दरवाजा तोड् दो’ संवादलाई फ्यानले सेयर गरिरहेका छन् । सोनी टिभीको यो चर्चित श्रृंखला विश्वभर लोकप्रिय छ ।

फेब्रुअरी २१ देखि नेटफ्ल्क्सिले यसको रिलिज सुरु गरेको हो । सुरुमा १८ एपिसोड रिलिज गरिएको छ, जसलाई दर्शकले समय लिएर हेर्न सक्नेछन् ।

फेब्रुअरी २२ देखि नेटफ्ल्क्सिले प्रत्येक शनिबार र आइतबार राती १० बजे नयाँ एपिसोड समेत ल्याउने भएको छ । दर्शकलाई नियमित ताजा कथावस्तु दिने उद्देश्यसहित यस्तो तरिका अपनाइएको जनाइएको छ ।

नेटफ्ल्क्सिमा आउने भएपनि सीआइडी सोनी टिभी र सोनी लाइभजस्ता प्लाटफर्म भने छाड्ने छैन । सन् १९९८ देखि सीइआडीले प्रसारण थालेको थियो । अपराध अनुसन्धानको कथावस्तु रुचाउने दर्शकमाझ यो शो प्रिय छ ।

सिरिजमा प्रतिष्ठित एसीपी प्रद्युम्नको भूमिकामा शिवाजी साटम, सिनियर इन्स्पेक्टर अभिजीतको भूमिकामा आदित्य श्रीवास्तव र सिनियर इन्स्पेक्टर दयाको भूमिकामा दयानन्द शेट्टीले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?